माछापुच्छ्रे बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत



काठमाडौं : माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ । बैंकको वार्षिक १०.२५%व्याजदर सहितप्रति ऋणपत्ररु.१,००० कायम भएका उक्त ऋणपत्र मंसिर १८ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको बैंकले जनाएको छ ।

ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए । सूचिकरणपछि १० वर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १ सय ४४ वटा शाखाहरु, १ सय ३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय ८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ७१ वटा एटीएमहरु मार्फतबाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान आएको प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्