ट्याक्टरको ठक्करबाट धनुषामा एक महिलाको मृत्यु



जनकपुरधाम : बाराको प्रसिद्ध गढीमाई मेलाबाट यात्रु बोकेर फर्कदै गरेको ट्याक्टरको ठक्करबाट धनुषामा एक महिलाको ज्यान गएको छ ।

ट्याक्टरको ठक्करबाट ज्यान गुमाउनेमा महोत्तरीको बलवा सरपल्पो बस्ने ३५ वर्षीया संगीता देवी बडही रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाको छ ।

गढीमाई मेलाबाट फर्किदै गरेको ज १ त ५८८६ नम्बरको ट्याक्टर धनुषाको मिथिला नगरपालिका २ नक्टाझिझको विश्वकर्मा चोक नजिक आज (बिहरीबार) विहान ६ः३० बजे मोर्निंगवाकमा रहेकी संगीतादेवीलाई ठक्कर दिएको हो ।

घटनापश्चात चालकले यात्रुलाई ट्याक्टरमै छोडेर फरार भएका छन् । मृत्यु भएकी महिलाको शवलाई पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पताल राखिएको प्रहरीले जनाउको छ ।

फरार चालकको खोजी कार्यजारी रहेको प्रहरी जनाएको छ । यसअघि मंगलबार राति पनि बाराको गढीमाईबाट यात्रु बोकेर फर्किदै गरेको पिकअप पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिकाको लक्ष्मिनिया जंगलमा दुर्घटना हुँदा २ महिलाको घटनास्थलमै ज्यान जानुको साथै १४ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्