प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाल घुससहित नियन्त्रणमा



विराटनगर : सि.आर.भि. केशलियामार्ग विराटनगर मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक सात हजार घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहाललाई ७ हजार घुस रकमसहित विराटनगर महानगरपालिका वडा नं. ६ घाँसचोकबाट नियन्त्रणमा लिएको हो ।

प्रहरी सहायक निरीक्षक दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख दिई विभिन्न खाद्य सामग्रीहरु ओसारपोसारमा सहजिकरण गरिदिने घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रवक्त प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनका अनुसार दाहालले सेवाग्राहीलाई अनावश्यक दुःख दिई विभिन्न खाद्य सामग्रीहरु ओसारपोसारमा सहजिकरण गरिदिने भन्दै घुस रकम माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले सेवाग्राहीबाट ७ हजार घुस रकम लिइसकेको अवस्थामा हिजो (बुधबार) उक्त रकमसहित नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्