टमाटाकाे स्वर्ण पदक : पुरानो साइकल र मागेको पोशाक


कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग-यो ।

नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा ट्रायथोलन अन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदक समेत प्राप्त भयो ।

भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपालले ट्रायथोलनमा सोनी गुरुङ र पुरुषतर्फ टमाटाले स्वर्ण पदकमा हासिल गर्न सफल भए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भएको छ । उनले दुई वर्षअघि नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्णको सपना देख्न शुरु गरेका थिए ।

नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘ट्रनिङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उनले डुआथोलन र माउन्टेन बाइकक्रसकन्ट्री दुबै खेलमा सहभागिता जनाएका थिए । एक दिनको अन्तरमा भएका दुबै प्रतियोगितामा उनले राम्रो गर्न सकेनन् । सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उनलाई पराजित गरेका थिए ।

राष्ट्रिय खेलकूद लगत्तै टमाटा आफूलाई डुआथोलनमामात्र केन्द्रित हुने निर्णयमा पुगे । सागमा स्वर्ण जित्ने लक्ष्य सहित उनी हरेक दिन अभ्यासमा व्यस्त हुन थालेका थिए । दौड र साइक्लिङमा उनको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ प्रेरित गरिरहे ।

“राष्ट्रिय खेलकूदपछि एउटामात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुपर्दछ भन्ने मलाई लाग्यो । त्यसबेला देखिनै डुआथोलनमा स्वर्ण हासिल छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ।” टमाटा भन्छन् । दक्षिण एशियाली राष्ट्रहरुको सबैभन्दा ठूलो खेलकूदमा स्वर्ण हासिल गरे लगत्तै उनी हरेक चार वर्षमा आयोजना हुने एयिशाली खेलकूद (एशियाड)मा पदक जित्ने सपना देख्न शुररु गरेका छन् । सन् २०२२ मा चीनमा तय भएको एशियन गेममा पदक जितेर कीर्तिमान राख्ने उनको धोको छ ।

आफू कठिन अवस्थामा समेत कहिल्यै पनि हतास र निराश नहुने उल्लेख गर्दै उनी भन्छन् “मानिसले लक्ष्य ठूलो राख्नुपर्दछ । लक्ष्य अनुसारको मेहनत र परिश्रम ग-र्यो भने असम्भव केही पनि छैन । देशलाई एशियन गेममा पदक दिलाउने अब मेरो सपना छ।”

सागको तयारीका क्रममा समेत उनले चुनौती सामना गर्नुपरेको थियो । टमाटालाई अभ्यासकै क्रममा नयाँ साइकल आउने भनिएको थियो । तर प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएकाहरुसँग सन् २०१४ मोडलको पुरानै साइकल लिएर उनी प्रतिस्पर्धामा होमिएका थिए ।

त्यतिमात्र होइन खेलका क्रममा लगाउने पोशाक समेत उनले समयै पाएनन् । प्रतियोगिताको एक/दुई दिन अघि आएको पोशाक उनको शरीरमा मिलेन । त्यसपछि साथिको मागेर खेलमा भाग लिए । टमाटा भन्छन् “हाम्रो साईकल पाँच/छ वर्ष पुरानो आल्मुनियमको हो । कार्वनको राम्रो साईकलभएकाहरुसँग प्रतिष्पर्धा कठिन भएपनि आत्मवलकै कारणले पनि उनीहरुलाई जित्यौँ।”

टमाटाले १४/१५ वर्षको उमेरबाट नै खेलकूदमा आकर्षित थिए । दौड र कराँतेमा उनको लगाव थियो । विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगिताहरुमा पाँच र १० किमी दौडमा उनी भाग लिन्थे । पछि उनी नेपाली सेनामा भर्तीभएपछि खेल्ने वातावरण अझै अनुकूल बन्यो । नेपाली सेनाका मेजर राजीव चन्दले उनलाई अघि बढ्न सँधै प्रेरित गरे । शुरुमा साइकल राम्रोसँग डोहो-याउन समेत नजान्ने उनलाई चन्दलेनै साइकल चलाउन सिकाए । “मैले जुन सफलता पाएको छु,त्यसमा राजीव चन्दको ठूलो योगदान छ । उहाँले नै मलाई अघि बढ्न सहयोग गर्नुभयो । खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो ।” उनी भन्छन् ।

अहिलेदेखि नै आफू एशियाडको तयारीमा जुट्ने जानकारी दिँदै सरकारले खेलाडीहरुलाई सहयोग गर्न माग समेत गरे । नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवारले टमाटा क्षमतावान् खेलाडी भएको बताउँछन्। उनी भन्छन् “राष्ट्रिय खेलकूद परिषद्बाट समयमै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाई भयो । खेलाडीले अभावकाबीचमा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भए । ”
– कृष्ण दवाडी (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त

कर्णाली : उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो

काठमाडौं : सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर

काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ । बुधबार बिहान

काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा

१) विहानको चिसोमा मर्निङ वाक नगरौँ हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन् । उनी मंगलबार चार हजार रूपैयाँ धरौटीमा