गाउँपालिकाले बालुवा उठाउँदा बागमतीको बिजोग


पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको छ । यस्तो काम आफैंमा स्थानीय सरकार रहेको बागमती गाउँपालिकाले गरिरहेको छ । प्रारम्भिक वातावरणीय परीक्षणबेगर नै बालुवा उत्खनन् गरेपछि यसले त्यहाँ गम्भीर संकट निम्त्याएको छ ।

अति नै भएपछि स्थानीय विद्यालयका बालबालिकाले खानीखोलालगायतमा भैरहेका प्रदूषण रोक्न जोडदार माग गर्दै ज्ञापनपत्रसमेत् बुझाएका छन् । खानीखोला, महांकाल खोल्छा, बगुवा खोलालगायत पानीका स्रोतमा सीधै बालुवा प्रशोधनको लेदोले ढाकेपछि मूलहरु बन्द भएका छन् । यसका कारण स्थानीय कृषकका खेतबारी सुख्खा र मरुभूमिमा परिणत हुँदै गएका छन् ।

गाउँपालिका क्षेत्रभित्रका कार्कीबास, महांकालखोल्छालगायत स्थानमा बालुवा प्रशोधन उद्योगको ताँती छन् । यिनहरुको विरोध भइरहँदा गाउँपालिका भने अरु थप बालुवा प्रशोधन उद्योग सूचीकृत तथा दर्ताका लागि ७ दिने सूचना आह्वान गरी कर उठाउनतिर व्यस्त छ ।

स्थानीय विद्यालय, कृषकलगायतले निरन्तर विरोध गरिरहँदा पनि गाउँपालिकाको कानमा पसेको छैन । स्थानीय सरकार भने धमाधम उत्खनन् प्रबद्र्धनमा लागेको छ । वडाका अध्यक्षहरु नै यो ठेक्कापट्टामा लागि परेका छन् । तर यसबारेमा जिल्ला समन्वय समितिलगायत सम्बन्धित पक्षहरु मौनता साँधेर बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य

कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ । साझा यातायातका

पोखरा : शनिबार गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान

जनकपुरधाम : पत्रकारिताको आचार संहिता विपरित समाचार सम्प्रेषण गरेको भन्दै हुलाकी न्यूज डटकमविरुद्ध प्रेस काउन्सिलमा

काठमाडौं : शुक्रबार सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम

काठमाडौं : बुधबार रातिदेखिको लगातारको झरीका कारण कालीगण्डकी नदिको बहाव बढेपछि विश्वकै ठूलो शालीग्राम शिला

काठमाडौं : नेपालमा बाढीपहिरोले र्‍याएको धनजनको क्षतिप्रति पाकिस्तानले दुःख व्यक्ति गरेको छ । पाकिस्तानका विदेशमन्त्री

म्याग्दी : म्याग्दीमा बुधबार साझदेखिको जारी भारी वर्षापछि आएको पहिरोमा परी ११ जनाको मृत्य भएको

काठमाडौं : भारतीय टेलिभिजन च्यानल जी न्यूजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतबारे

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य

काठमाडौं– शुक्रबार नेपालमा कोरोनाभाइरसका १ सय १८ जना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या