पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु



पाल्पा : पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा आज (बिहीबार) जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनास्थलमा दुई पुरुषको शव फेला परे पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस्