को बन्ला न्यायपरिषदको सदस्य ?



काठमाडौं : न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राजीनामा दिएपछि न्याय परिषदको नयाँ सदस्य बन्न दौडधुप शुरु भएको छ ।

न्यायपरिषदका पूर्व सदस्य राम प्रसाद श्रेष्ठ, नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष विश्व कान्त मैनाली र वरिष्ठ अधिवक्ता विजय कान्त मैनालीको नाम चर्चामा छ ।

श्रोतका अनुसार विजय कान्त मैनालीलाई परिषदको सदस्य बनाउने तयारी भइरहेको छ ।

एक वर्ष कार्यकाल बाँकी रहँदै परिषद सदस्य वैदिकले हिजो (बुधबार) राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका छन् । आन्तरिक समझदारी अनुसार सर्वोच्च अदालतको रिक्त पदमा वैदिकलाई लैजाने भएपछि उनले राजीनामा दिएको बताइन्छ ।

वैदिकलाई सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालामा नेपाली कांग्रेस सम्मिलित संयुक्त सरकारले २०७३ कात्तिक १९ गते न्याय परिषद सदस्यमा नियुक्त गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश केदार चालिसे यही मंसिर ४ गतेबाट अवकाश पाएपछि उनको ठाउँमा वैदिकलाई न्यायाधीश बनाउने गरी राजीनामा गराइएको स्रोतले जनाएको छ ।

प्रधानन्याधीशको अध्यक्षतामा गठन हुने न्याय परिषदमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायधीश र कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था छ भने सरकारका तर्फबाट प्रधानमन्त्रीको सिफारिसमा एक जना र नेपाल बार एशोसियसनबाट एकजा गरि २ जना राष्ट्रिपतिबाट नियुक्त हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्