भारतका एयरपोर्टमा यसरी खेप्नुपर्छ नेपालीहरुले सास्ती



काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले भारतका एयरपोर्टमार्फत आफ्ना गन्तव्यस्थानको छनौट गर्ने नेपालीहरुले भारतीय इमिग्रेशनमा निकै सास्ती खेप्ने गरेका छन् । नेपालीहरुलाई भारतीय अध्यागमन कर्मचारीहरुले प्लेन चढ्नबाट रोक्ने र फर्काउने गरेका छन् ।

हजारौं नेपाली यात्रुहरु यही कारणले नै एयरपोर्टमा बिचल्लीमा पर्दै आएका छन् । यसले गर्दा एकातिर पैसाको सत्यानाश र अर्कोतिर नेपालीहरु अलपत्र पर्ने समस्याले सताउने गरेको छ । तर यसका बारेमा नेपाल सरकार र नेपाल को इमिग्रेशन विभाग बेखबर भए झैं गरिरहेको छ ।

भारतीयहरुले नेपालीहरुमाथि जहाँ पायो, त्यहीं अत्याचार गर्ने गरिरहेका घटना नौला भने होइनन् । यसैले गर्दा पनि नेपालीहरुमा भारतविरोधी भावना प्रवल हुने गरेको छ । हेर्दा सामान्य जस्तो देखिने तर निकै पीडादायी यस कुरामा नेपाल सरकारले कुनै सुनुवाई गरिराखेको छैन ।

नेपालीहरु रोजीरोटीका लागि विदेशमा जाँदा पनि भारतीय शासक÷प्रशासकका लागि सैह्य हुन सकिरहेको छैन । नेपालीहरुको प्लेन छुटाइदिने, जबरजस्ती पैसा खोसिदिने, पासपोर्ट लुकाइदिने, गालीबेइज्जती गर्ने र अमर्यादित व्यवहार गर्ने भारतीयहरुका सामान्य नै हुने गरिरहेको छ ।

नेपाली शासक÷प्रशासकहरु नै भारतको दलालीमा निर्लिप्त हुने र उनीहरुको आशिर्वादमा जीवन देख्ने प्रवृत्तिले यसमा ठूलो काम गरेको छ । दिल्लीको एयरपोर्टको अध्यागमन विभागले नेपाली पासपोर्टधारीलाई अमेरिका, युरोप तथा अस्ट्रेलिया जान लागेकाहरुलाई नेपालबाट भारतमा प्रवेश गरेको भीजा ‘छाप’ (नो अब्जेक्सन सर्टिफिकेट–एनओसी) देखाउन भन्छन् ।

नेपाली यात्रीहरु यो सुनेर आश्चर्यमा पर्दछन् । किनकि नेपाली इमिग्रेशनले यसको बारेमा केही कुरासम्म पनि गर्दैन । एकातिर विदेश उडानका लागि लगेज पठाइसकिएको हुन्छ, अर्कातिर उडानका लागि नेपाली यात्रीहरुलाई रोकिदिन्छ । यस्तो बेलामा लगेज फिर्ता लिन पनि निकै कठिनाइ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्