शारीरिक अपाङ्गता भएका बालक दाम्लोमा


बागलुङ : शारीरिक अपाङ्गता भएका एक बालकलाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतस्थित कुडुला गाउँमा १४ वर्षीय टीका लोक्चाङ तामाङलाई परिवारले दाम्लोले बाँधेर नियन्त्रणमा राख्दै आएका छन् ।

मानसिक तथा शारीरिक अवस्था कमजोर भएका तामाङलाई ११ वर्षदेखि दाम्लोमै बाँधेर राख्ने गरेको स्थानीयवासी बताउँछन् । शारीरिक अपाङ्गता भएका तामाङ जन्मजातनै शारीरिक तथा मानसिक रोगी भएको परिवारले जनाएको छ ।

बालक हिँड्न, डुल्न र बोल्न सक्दैनन् । बालकलार्ई बाँधेको डोरी खोल्दिने वित्तिकै पल्टने, घरमा राखिएका सामान फ्याँकेर नष्ट गरिदिने जस्ता अस्वभाविक क्रियाकलाप गर्ने भएकाले चोटपटकबाट बचाउन बाँधेर राख्ने गरेको बालकका बुबा मनी लोक्चान तामाङले बताए। मनीका अनुसार टीकाले दिसापिसाबसमेत तर्काउन नसक्ने भएका कारण जन्मेको तीन वर्षदेखिनै बाँधेर राख्न थालिएको हो । “टीकालाई हेर्न एकजना दिनभर कुरुवा बस्ने अवस्था छैन, घरको काम पनि गर्नै प¥यो”, उनले भने, “कुरेर बस्न नसक्दा बाँधेर राख्नुको विकल्प छैन ।”

रातको समयमा बोकेर घर भित्र लैजाने भए पनि दिनमा घरको पिढीमा बाँधेर राख्दै आएको उनले बताए । आर्थिक अवस्था कमजोर भएका तामाङ परिवारका माइलो छोरा टीकाको हेरचाह मात्र गरेर नभएको भन्दै मनीले दिनभर कृषिकर्ममा लाग्नुपरेको बताए ।

“छोराको उपचार गर्न पाल्पाको प्रभास अस्पतालमा लगेको थिए, चार पाँच लाख खर्चसमेत गरे, उपचार भएन”, मनी तामाङले भन्नुभयो, “उपचारमा सङ्लग्न डाक्टरले उपचार गर्न प्रयास गरेपनि सफल भएनन्, असमर्थ भएको जानकारी दिएपछि फिर्ता आएको हो ।” ठूलो अस्पतालमा छोराको उपचार गर्न पाए निको हुने आश भए पनि आर्थिक अवस्था कमजोर भएका कारण घरमै बाँधेर राखेको टीकाकी आमा सुकिला तामाङले दुखेसो पोखिन् ।

तामाङ परिवारको पाँच सन्तानमध्ये टीका दोस्रो सन्तान हुन् । हालै गाउँपालिकाले अपाङ्गता परिचयपत्र बनाएर महिनाको रु तीन हजार अपाङ्गता भत्ता बाहेक अरु केही सहयोग नपाएको परिवारको गुनासो छ ।

अपाङ्गता भएका व्यक्तिको पनि साङ्ग व्यक्ति सरह मानवअधिकार हुन्छ । अझ अपाङ्गता भएकाको दैनिक जीवन साङ्ग व्यक्तिको भन्दा कठिन हुने भएकाले यस्ता नागरिकका लागि राज्यले नै विशेष ध्यान दिनुपर्ने हुन्छ । गलत प्रवृत्तिका कारण पूर्वाधारदेखि सेवा प्रवाहसम्मको अवस्थामा अपाङ्गता भएका व्यक्तिले हरेक पाइलापाइलामा कठिनाई झेल्नुपर्ने समस्या रहेको भन्दै मानव अधिकारर्मी तथा अभिवक्ता राम शर्माले अभिलम्ब बालकको उद्धार गरी सरोकारवाला निकायले उपचार गर्नुपर्ने बताए ।

गाउँपालिकाको पहलमा अपाङ्गता भत्ता उपलब्ध गराउँदै आएको वडाध्यक्ष तेजेन्द्र विक्रम कुँवरले जानकारी दिए । मानसिक र शारीरिक अवस्था ठीक नभएको व्यक्तिको संरक्षण गर्ने थुप्रै सङ्घ संस्था पनि देशमा छन् । तर, यो कुरामा पहल र सहयोग गर्ने कोही नभएको र आफूहरु यसबारे बेखबर रहेको परिवारको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको

काठमाडौं : सरकारले कोरोना महामारीका कारण नेपालमा बन्द रहेको पदयात्रा र पर्वतारोहण खुला गरेको छ

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एक कर्मचारीको मृत्यु भएको छ । अस्पतालमा

काठमाडौं : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला

दिक्तेल : खोटाङको दिप्रुङ चुएचुम्मा गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा

काठमाडौंः सरकारले असोज ८ र १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

धरानः धरान उपमहानगरपालिका-२ की कोरोना संक्रमित महिलाको उपचारको क्रममा आज (सोमबार) मृत्यु भएको छ ।

काठमाडौं : १६ वर्ष मुनिका बालिका बलात्कार गरी हत्या गर्ने घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका

काठमाडौं : यातायता व्यवस्था विभागले असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको

काठमाडौं– संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार

काठमाडौंः प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिपरिषद