के हो ‘युसबी कण्डम’ ? कहिलेबाट यसको प्रयोग ?



एजेन्सी : हरेक मानिसको लागि मोबाइल नभइ नहुने बस्तुको रुपमा स्थापित भइसकेको छ । हिँड्दा, खाँदा, बस्दा, सुत्दा हरेक सयम मानिससँग मोबाइल साथमै हुन्छ । यस्तो लाग्छ आजभोलि मानिसहरुको जीवन नै मोबाइलबाट चल्ने गर्छ । जसरी मानिसको जीवन मोबाइलबाट चल्छ त्यसैगरी, मोबाइल ब्याट्रीबाट ।

जब मोबाइलमा ब्याट्री सकिन्छ मानिसहरुमा छटपटी सुरु हुन्छ । मानौँ उनीहरुको जीन्दगीनै रोकिएको छ । मोबाइलको प्रभाव मानिसको जीन्दगीको हरेक हिस्सामा परेको छ । यतिसम्म कि अब पान, चुरोट र बिडीको भुक्तानी समेत डिजिटल प्रविधिबाट हुन थालेको छ ।

दैनिक जीवनमा आवश्यक पर्ने धेरै कुराहरुमा मोबाइलको प्रयोग भइरहँदा पछिल्लो समय होटल, एयरपोर्ट, स्टेशन, सार्वजनिक शौचालय, शपिङ मल तथा मानिसको चहलपहल हुने धेरै ठाउँमा चार्ज गर्नको लागि युएसबी पार्ट बनाइएको पाइन्छ ।

र, तपाईं, हामी जो कोही पनि यस्ता युएसबी पोर्टमा आफ्नो मोबाइल चार्ज गर्नको लागि जोड्ने गर्छौ । तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ यसो गर्नु कत्तिको सुरक्षित छ भनेर ?

के तपाईंले कहिल्यै सोच्नुभएको छ कि मोबाइलको चार्जर बोक्नुको झन्झटबाट मुक्ति र फाइदाजनक लाग्ने युएसबी पोर्ट हाम्रो लागि कति ठूलो खतरा हो ?

सार्वजनिक ठाउँमा राखिएको यस्ता युएसबी पोर्टको प्रयोग गर्दा साइबर अपराधीले मोबाइलमा भएको सबैभन्दा संबेदनशील डाटा चोर्न सफल हुन सक्छ ।

यसबाट बच्नको लागि यसको विकल्पको रुपमा ल्याइएको छ ‘युएसबी कण्डम’ । यो कण्डोम अर्को कण्डोम जस्तो कच्चा रबरले बनेको हुँदैन । तर, यसले पनि अर्को कण्डोमले जस्तै सुरक्षा भने प्रदान गर्ने उल्लेख गरिएको छ । यसले मोबाइल चार्ज गर्दा संवेदनशील डाटा चोरी हुने सम्भावना अर्थात ‘जुस ज्याकिङ’ बाट बचाउँछ ।

‘जुस ज्याकिङ’ एक प्रकारको साइबार आक्रमण हो । जसमा सार्वजनिक युएसबी पोर्टमार्फत मोबाइलमा संक्रमण गरेर मोबाइलमा ‘मालवेयर’ जस्ता भाइरस एप इन्स्टल गरिदिन्छ । जसले मोबाइलमा भएको संवेदनशील डाटा साइबर अपराधीसमक्ष पुर्याउन मद्दत गर्छ ।

‘युएसबी कण्डम’ छोटो युएसबी एडप्टर जस्तै हुन्छ । जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ । उक्त एडप्टरले मोबाइलमा पावर सप्लाई गर्छ भने डाटा यताउता सार्न पूर्ण रुपमा रोकिदिन्छ ।

‘युएसबी कण्डम’ अमेरिकी बजारमा १० डलरमा उपलब्ध छ । यसको आकार सानो हुने भएकाले यसलाई जता पनि लिएर हिँड्न सहज छ ।

प्रतिक्रिया दिनुहोस्