यात्रुबाहक बस दुर्घटना, नौको मृत्यु



भारत : भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ६ः३० बजे मध्य प्रदेशको प्रान्तीय राजधानी भोपालबाट करिब ५ सय किलोमिटर उत्तरपूर्वीमा रहेको रेवा जिल्लामा उक्त दुर्घटना भएको थियो ।

बाईपासमा सडकमा भएको यस दुर्घटनामा नौ जना यात्रुको मृत्यु हुनुको साथै अन्य २० जना घाइते भएका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् । घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन प्रहरी मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाइएको छ । यसैबीच मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले दुर्घटनामा मृत्युमा भएकाहरु प्रति शोक व्यक्त गर्नु भएको छ । उहाँले घाइतेहरुलाई सहयोगको सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।

‘रेवामा भएको दुर्घटनाको दुखद समाचार आएको छ । यस भयानक दुर्घटनामा मरेका सबै यात्रुहरुका परिवारप्रति मेरो समवेदना छ,“ मुख्यमन्त्रीको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यस दुर्घटनामा सबै घाइते यात्रुहरूको उचित उपचारको लागि निर्देशनहरू दिइएको छ ।’

क्षमता भन्दा बढी यात्रु सवार हुनु, सडकको खराब अवस्था र चालकका लाहपर्वाह कारण भारत घातक सडक दुर्घटनाहरू सामान्य रुपामा भएका पाइन्छ ।

गत महिना भारत सरकारले जारी गरेको एक प्रतिवेदनका अनुसार सन् २०१८ मा भएका सडक दुर्घटनामा परी १ लाख ५१ हजार ४७१ व्यक्तिको मृत्यु भएको थियो ।

सन् २०१८ मा उच्च सङ्ख्यामा व्यक्तिहरु सकड दुर्घटानामा मारिनुको प्रमुख कारण सवारी साधन उच्च गतिमा चलाउनु नै रहेको विज्ञहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्