महिला फुटबल : माल्दिभ्सलाई ३–० ले पराजित गर्दै नेपाल फाइनलमा



पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं नेपाल फाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । नेपालका लागि सावित्राले ह्याट्रिक गरिन् ।

पहिलो हाफमा २ गोल गरेकी सावित्राले इन्जुरी समयको पहिलो मिनेटमा पेनाल्टी गोल गर्दै ह्याट्रिक पुरा गरेकी हुन् ।

पहिलो गोलले नै महिला राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेकी छन् । सागमा माल्दिभ्सविरुद्ध गोल गर्दै साम्बारले सर्वाधिक गोलकर्ता बनेकी हुन् ।

जितसँगै नेपाल एक खेल अगाबै फाइनल पुगेको हो । नेपालले ६ अंक जोडेको छ । यसैगरी भारतले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेकोले अब नेपाल र भारतबीच फाइनल हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्