उर्वशी रौतेलालाई एक घण्टाको ३ करोड



एजेन्सी : बलिउड अभिनेत्री उर्वशी रौतेलालाई एक घण्टा प्रस्तुती दिएबापत ३ करोड भारु दिइने भएको छ । केही समय अगाडि फिल्म ‘पागलपंती’मा देखिएकी उर्वशीले नयाँ वर्ष २०२० को कार्यक्रममा प्रस्तुती दिने भएकी हुन् ।

भारतीय मिडियाका अनुसार अभिनेत्री रौतेलालाई जम्मा एक घण्टा मात्रै प्रस्तुती दिएबापत यति धेरै रकम दिन लागिएको हो । उनले कहाँ प्रस्तुती दिने हुन् त्यो भने खुलाइएको छैन । यद्यपि, अहिलेसम्म कुनै पनि बलिउड कलाकारले यति धेरै रकम नलिएको उल्लेख गरिएको छ ।

उनको प्रस्तुतीका लागि ‘बिमार दिल’ (फिल्मः पागलपंती), ‘बिजली की तार’ (सिंगल), ‘हसिनोंका दीवाना’ (फिल्मःकाबिल) र ‘डैडी मम्मी’ (फिल्मः भाग जाँनी) जस्ता गीतहरु छानिन सक्ने भारतीय मिडियामा जनाइएको छ ।

मिस टिन इन्डिया र मिस डिभा जस्ता ताज जितेकी उर्वशी २५ वर्षकी भइन् । उनले २०१३ मा बलिउडमा डेब्यु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्