यौनकाण्डमा मुछिएपछि एसएसपी राणाको जागिर धरापमा



काठमाडौं : भीभीआईपी यौनकाण्डले चर्चा पाइरहेका बेला यस्तै खाले घटनाले अहिले फेरि सुनसरीलाई तताएको छ । संघीय प्रहरी कार्यालय धरानमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभशमशेर जबरालाई ‘बात’ लागेपछि सुनसरी नै तातिन पुगेको हो । उनले एक महिलाको घरबार त बिगारे नै त्यस अतिरिक्त उनलाई मार्नेसम्मको धम्की दिएपछि ती महिला गृहमन्त्रालय पुगी हारगुहार गरिरहेकी छन् ।

गृहमन्त्रालयमा एसएसपी राणाको विषयमा उजुरी परेपछि मन्त्रालयले कारबाहीका निम्ति प्रहरी प्रधान कार्यालयलाई पत्राचार समेत गरिसकेको छ । ती महिलाको उजुरीका आधारमा मन्त्रालयले प्रारम्भिक छानबिन गरिसकेपछि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको हो ।

आफ्नो घरबार बिगारेको र मार्ने धम्की दिएको भन्दै महिलाले राणाविरुद्ध गत २७ कात्तिकमा गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् । यस्तै उनीमाथि एक महिला प्रहरीमाथि दुव्र्यवहार गर्दै आएकोसमेत उजुरीमा उल्लेख छ । यस्ता घटना सार्वजनिक गरे मारिदिने धम्की दिएको ती महिलाको उजुरीमा उल्लेख छ ।

गृहमा उजुरी र प्रधान कार्यालयको पत्रपछि राणा तनाबमा छन् । उनी हाल खराब संगतमा परेको भेटिएको पुष्टि भएको छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार छानबिनका क्रममा एसएसपी राणा कार्यालयमा भन्दा पनि पार्टीप्यालेसहरुमा सुनसरीका खराब मान्छेको संगतमा रमाइरहेको भेटिने गरेका छन् । एसएसपी राणा भने कसैले पनि आफूविरुद्ध उजुरी दिएको भन्ने जानकारी नभएको बताइरहेका छन् ।

भीभीआईपी यौन काण्डमा लागेर पूर्व सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा छन् भने र त्यसपछिका अर्का भीभीआईपी ‘सिद्धबाबा’ कृष्णदास गिरी हाल हिरासतमा छन् ।

प्रतिक्रिया दिनुहोस्