नेटो सम्मेलनमा अल्बानियाका प्रधानमन्त्रीद्वारा सहयोगको आह्वान


टिराना : अल्बेनियाली प्रधानमन्त्री एडी रामाले मङ्गलबार लन्डनमा भइरहेको नेटो शिखर सम्मेलनमा मुलुकको भूकम्प प्रभावितका लागि सहयोग गर्न आह्वान गरेका छन् ।

लन्डनमा डिसेम्बर ३ र ४ मा जारी रहेको नेटो सम्मेलनमा उनले उक्त आह्वान गरेका हुन् । अल्बानियामा गत नोभेम्बर २६ मा गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । पूर्वी युरोपको तुलनात्मक रुपमा कमजोर राष्ट्र अल्बानियालाई मद्दत गर्न प्रधानमन्त्री रामाले नेटो आबद्ध मित्र एवं सहकर्मी, राष्ट्रपति र प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

नेटो शिखर सम्मेलन लगत्तै प्रधानमन्त्री रामा इटाली प्रस्थान गर्न लागेका छन् ।

अल्बानिया सरकारले वित्तीय सहयोग र विज्ञ सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरिरहेको छ । अल्बानियासामु यतिठूलो विनाशलाई सम्बोधन गर्ने क्षमता नरहेको पनि सरकारले जनाएको छ ।

अल्बानियाका रक्षा मन्त्री ओल्टा झाकाले पनि सोमबार भूकम्पबाट भएको भौतिक क्षति साँच्चिकै भयानक रहेको बताएका छन् ।

प्रारम्भिक विवरण अनुसार भूकम्पबाट करिब सात हजार ९०० घरहरु क्षतिग्रस्त भएका छन् । करिब ६.४ म्याग्नीच्यूडको उक्त भूकम्पबाट ५१ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

विराटनगर : मोरङको रङ्गेली नगरपालिकाका एकै परिवारका १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

काठमाडौं : श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज (मंगलबार) देखि आठ

विराटनगर : कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५

काठमाडौं : लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढेको छ । साउन १९ गतेसम्मको तथ्यांक अनुसार

विराटनगरः बिराटनगरमा अप्पन ब्राह्मण समाजको प्रथम साधारण सभा सकिएको छ । शनिबार सगरमाथा पार्टी प्यालेस

काठमाडौ‌‌ : आज (सोमबार) थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ

काठमाडौंः ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले बेरुजु फस्र्यौटमा उल्लेख्य सुधार गरेको छ । आर्थिक वर्ष

काठमाडौँ : संघीय संसद सचिवालयले राष्ट्रियसभाका संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको

काठमाडौं : ‘एसिड आक्रमणबाट म रतिभर पनि डराएकी छैन, आक्रमणकारीले मेरो अनुहार जलाए तर मेरो

वीरगञ्ज : सेना, प्रहरी र पत्रकारसहित पर्सामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर वेपत्ता भएका ८ जनामध्ये ६ जनाको शव भेटिएको

सिन्धुपाल्चोक : लगातारको वर्षापछि सिन्धुपाल्चोकको मेलम्ची–११मा आइतबार राति पहिरो जाँदा ८ जना वेपत्ता भएका छन्