नेपाललाई ३६ स्वर्ण, यी हुन् पदक विजेता



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले एकै संस्करणमा सर्वा्धिक स्वर्णको कीर्तिमान बनाएको छ । यही मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगीतामा नेपालले साग इतिहासमा पहिलोपटक ३६ स्वर्ण जितेको हो ।

नेपालले यस अघि नेपालमै भएको आठौं सागमा सर्वा्धिक ३१ स्वर्ण जितेको थियो। नेपालले राम्रो प्रदर्शन गरे पनि भारत भन्दा नेपाल अकंतालिकामा पछाडी नै छ। बिहीबारसम्मको खेल सकिदाँ भारत ४६ स्वर्ण ३४ रजत र १७ कास्य गरी कुल ९७ पदक जितेर शीर्ष स्थानमा छ।

यसैगरी नेपाल ३६ स्वर्ण २२ रजत ३२ कास्य सहित कुल ९७पदक सहित भारतलाई पछ्याइ रहेको छ। तेश्रो स्थानमा रहेको श्रीलंकाले १२ स्वर्ण, २४ रजत र ४६ कास्य सहित ८२ पदक हात पारेको छ। यस्तै पाकिस्तानले ८ स्वर्ण १६ रजत र २३ कास्य सहित ४८ पदक हात पार्दै चौंथो स्थानमा छ।

बंगलादेशले २ स्वर्ण ८ रजत र ३२ कास्य जितेको छ। उसको पदक संख्या ४२ छ। माल्दिभ्सले १ स्वर्ण र २ कास्य गरी कुल ३ पदक जितेको छ भने भुटानले अहिलेसम्म कुनैपनि स्वर्ण जित्न सकेको छैन। भुटानले ६ कास्य पदक हात पारेको छ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा अहिलेसम्म यि खेलाडिले प्राप्त गरेको पदक :

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०. कराते (६८ केजी)– अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

२०.ट्रायथलन – सोनी गुरुङ

२१.डुवाथोलन – हिमाल टमाटा

२२. उसु (थाउलो) – विजय सिन्जाली

२३. उसु (थाउलो) – सुस्मिता तामाङ

२४. उसु (थाउलो)– दीपक हमाल

२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजी मुनि) – संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की

३०. उसु (थाउलो(नान्दौ) – निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ

३२. साइक्लिङ (क्रस कन्ट्री)(बुद्धिबहादुर तामाङ
३३. पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह

३४. तेक्वान्दो (८७ केजी) – भुपेन श्रेष्ठ

३५. भारोत्तोलन (५९ केजी) – सन्जु चौधरी

३६. उसु (५६ केजी) – जुनी राई

प्रतिक्रिया दिनुहोस्