करेन्ट लागेर एक युवकको मृत्यु



पाल्पा : पाल्पाको निस्दी गाउँपालिका–५ गल्धाको बेलौजेमा करेन्ट लागेर एकको मृत्यु भएको छ ।

बेलौजी खोलास्थित राष्ट्रिय प्रसारणलाइन लालिगुराँस सामुदायिक विद्युत् प्राधिकरणको आयोजनामा मेनलाइन जोड्ने क्रममा करेन्ट लागेर धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका–४ का २५ वर्षीय नेत्रबहादुर बिसुङ्केको मृत्यु भएको हो ।

करेन्ट लागेर विद्युत्को पोलबाट खसेर घटनास्थलमै आज दिउँसो बिसुङ्केको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्