अवैध हतियारको सकसमा मधेस


लहान : कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका–१४ मुझेलियाका पंकजकुमार चौधरीले सामान्य विवादमा चिनजानकै व्यक्तिमाथि पेस्तोल प्रहार गरे। गोली लागि जनकपुरधाम उपमहानगरपालिका–१ मा शिव आयल स्टोर्स चलाउँदै आएका लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४० वर्षीय मनोज साहको मृत्यु भयो। छातीमा दुई गोली लागेर ढलेका साहलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

लेनदेनको विषयमा भएको सामान्य विवादमा चौधरीले आफूसँग भएको अवैध हतियार निकालेर साहको छातीमा गोली हानेका थिए। साहमाथि गोली हानेर छिमेकीको घरमा लुकी बसेको अवस्थामा चौधरीलाई प्रहरीले पक्राउ गरी एक थान स्वचालित पेस्तोल र त्यसमा लाग्ने १९ राउन्ड गोली तथा अर्को एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउन्ड गोली बरामद गरेको थियो। साहमाथि गोली प्रहार गर्ने चौधरी निर्माण व्यवसायी हुन्।

जेठ २ गते साँझ पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ का ४५ वर्षीय सेख फारुकमाथि पेस्तोल प्रहार भयो। नजिककै भाइ नाता पर्ने शेख सेराजुद्दिनको अवैध कटुवा पेस्तोल प्रहारबाट फारुकले ज्यान गुमाए। नेसनल मेडिकल कलेज वीरगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा जेठ ३ गते बिहान फारुकको मृत्यु भयो।यो समाचार आजको नागरिक दैनिकमा मिथिलेश यादवले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

भक्तपुर– सामूहिक बलात्कार गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ । शुक्रबार २० वर्षकी

वीरगन्ज : एकैचौटी पर्साका १८ जना कोरोना भाइरसमुक्त भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज हुने

चितवन : कोरोना विशेष अस्पताल भरतपुरको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा कोरोना

काठमाडाैं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्वीको पवित्र पर्व इद उल फित्रका अवसरमा

जनकपुरधाम– महोत्तरीको जलेश्वर नगरपालिकास्थित एक क्वारेन्टाइनमा आरडिटी परिक्षण गर्दा एकै परिवारका ३ जनाको रिपोर्ट पोजेटिभ

वीरगन्ज– वीरगन्जको नारायणी अस्पतालमा उपचारत कोरोना संक्रमितको लगातार रिपोर्ट निगेटिभ आएपछी एकै परिवारका ७ महिलासहित

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रको अवसरमा शुभकामना दिएकी छन् । इद उल

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै

काठमाडौं : भारतीय ह्‍याकरहरुको समूहले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को वेबसाइट ह्‍याक गरेका छन्। भारतीय

काठमाडौं : नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेको छ । आइतबार दिउँसो स्वास्थ्य

काठमाडौं : आज थप १७ जनाले कोरोना संक्रमण जितेका छन् । नारायणी अस्पतालमा उपचार गराइरहेका

काठमाडौं : देशभर अहिलेसम्म १ लाख ३८ लाख ३८ हजार ८ सय ४१ जनामा कोरोना