तेक्वान्दोका सबै खेल सकियो, २९ मध्ये १२ स्वर्ण नेपालको पोल्टामा


काठमाडौं: नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद(साग)मा तेक्वान्दोको प्रतिस्पर्धा सकिँदा १२ स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बिहीबारसम्म सम्पन्न कुल २९ स्वर्णका प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण जितेको हो । भुपेन श्रेष्ठले स्वर्ण दिलाएसँगै नेपालले तेक्वान्दोको प्रतिस्पर्धामा कुल १२ स्वर्ण आफ्नो बनाएको थियो । पुरुष ८७ केजी तौलसमूह मुनि फाइनलमा भारतका अक्ष होडालाई २९–२७ ले हराउँदै भुपेनले स्वर्ण जितेका हुन् । उक्त तौलसमूहमा बंगलादेशका रसिल खान र श्रीलंकाका चर्मा थरिन्दुले कांस्य पदक जितेका थिए ।

बिहीबार भारतले तीन र पाकिस्तानले दुई स्वर्ण जित्यो । भारतका पुर्वा दिक्षितले ४९ केजीमुनि तौलसमूहमा श्रीलंकाकी इरानगनी पुस्पालाई १४–६ ले हराउँदै स्वर्ण जितिन् । सोही तौलमा नेपाली युनिसा राई र श्रीलंकाकी आयसा नुरले कांस्य पदक जिते । महिला ६७ केजीमुनि भारतकी रुचिका भावेले स्वर्ण जित्दा फाइनलमा नेपाली अप्सरा कार्कीलाई ८–५ ले स्तब्ध बनाइन् ।

यस तौलमा भुटानकी सोनम यान्सो र बंगलादेशकी मस्ट सल्माले कांस्य जितेका थिइन् । भारतकी मार्गेरेट मारियाले स्वर्ण जित्न फाइनलमा मनिता साहीलाई १५–० ले हराइन् । पाकिस्तानका लागि पुरुषतर्पm हरुन खान र रब नवाजले स्वर्ण जिते । पास्तिानका हरुनले ५८ केजी तौलसमूहमा भारतका निरज चौधरीलाई २७–१८ ले हराए । यस तौलमा नेपालका गोविन्दबहादुर आले र बंगलादेशका कमरुल इस्लामले कांस्य जित्यो । नवाजले भने पुरुष ८० केजीमुनि नेपालका किरणबहादुर आलेलाई ३३–७ ले हराउँदै स्वर्ण जिते । यस समूहमा भारतका लक्ष र श्रीलंका सुरङ्गा दिहानले कांस्य जिते । आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

रसुवा : कोरोना भाइरसको प्रकोप बढेसँगै नेपालबाट चीन छिर्ने महत्वपूर्ण नाकाको रुपमा रहेको रसुवागढी नाका

सुर्खेत : सुुर्खेतको वीरेन्द्रनगरमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । आज

रसुवा : चीनको केरुङबाट अवैध रूपमा काठमाडौ ल्याउदै गरेको साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट

रुपन्देही : तीनवटा ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु

काठमाडौं : चीनमा कम्तीमा ३,००० लाई सङ्क्रमित गरेको कोरोनाभाइरसले अन्यत्र थप ४७ जना सङ्क्रमित भएका

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले सरकारले अब हजारका हजार

इराक : इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीन वटा रकेट प्रहार भएका छन्। एउटा

काठमाडौं : अहिले झ्याप्प झ्याप्प बत्ति जाने गरेको छ । यसरी बत्ती जाने भईरहँदा सेवाग्राहीहरु

धनगढी : जुवाको खालबाट वडाअध्यक्ष सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई धनगढी

काठमाडौं : ‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ..’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भने, “यहीभित्र

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने क्रममा विवादमा तानिएकी गायिका आस्था राउतलाई आज

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने निश्चित जस्तै भएको छ ।