एआइजी धीरु बस्नेतमाथिको कारबाही ६ महिनामा पनि टुंगिएन


काठमाडौं : आर्थिक अनियमितताको आरोप लागेका नेपाल प्रहरीका एआइजी धीरु बस्तेमाथिको कारबाही ६ महिना बित्दा पनि टुंगिएको छैन । बस्नेत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक हुँदा अनियमितताको आरोप लागेपछि उनलाई त्यहाँबाट हटाएर छानबिन थालिएको थियो ।

प्रहरी मुख्यालयमा दरबन्दी राखेर एआइजी बस्नेतलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा खटाइएको छ । अनियमिततासम्बन्धी उजुरी प्रधानमन्त्री कार्यालयमै पुगेपछि उनलाई हटाइएको थियो । ठेक्कामा कमिसन मागेको तथा बजेटसमेत दुरुपयोग गरेको खुलेपछि उनीमाथि थप छानबिन थालिएको छ । तर, छानबिन हाल अलपत्र रहेको स्रोत बताउँछ । प्रहरी प्रवक्ता एसएसपी विश्वराज पोखरेलले एआइजीमाथिको छानबिनबारे जानकारी नभएको बताए । यो घटनाले प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता थप प्रस्ट भएको प्रहरी अधिकारीहरू बताउँछन् । 

 दुई सातामा ६ प्रहरी पक्राउ 
प्रहरीहरू रंगेहात पक्राउ पर्ने क्रम बढेको छ । पछिल्लो दुई सातामा ६ प्रहरी भ्रष्टाचारसम्बन्धी छानबिनमा निलम्बनमा परेका छन् । बुधबार मात्र विराटनगरमा कार्यरत असइ श्यामकुमार दाहाल सात हजार घुससहित पक्राउ परेका थिए । सामान तस्करीमा सघाउने भन्दै उनले घुस लिएका थिए । 

त्यस्तै, गत १६ मंसिरमा ट्राफिक प्रहरी पोस्ट महेन्द्रनगरमा कार्यरत असइ नवीनकुमार झा एक हजार घुससहित पक्राउ परेका थिए । उनले टिपरसँग घुस लिएका थिए । १३ मंसिरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत इन्स्पेक्टर रामकिशोर साह ९० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । ठगी मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सइ जटाशंकरप्रसाद जटवालविरुद्ध १० मंसिरमा मुद्दा दायर भएको थियो । उनी ६० हजार घुससहित पक्राउ परेका थिए । 

८ मंसिरमा डिएसपी नवराज थापा र इन्स्पेक्टर मुरारि मिश्रविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो । फेल भएकालाई लाइसेन्स दिएको तथा राजस्व हिनामिना गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो । मातहतका कार्यालयमा अनुगमन र निरीक्षण बलियो हुन नसक्दा यसरी घुसखोरी बढेको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त

कर्णाली : उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो

काठमाडौं : सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर

काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ । बुधबार बिहान

काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा

१) विहानको चिसोमा मर्निङ वाक नगरौँ हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन् । उनी मंगलबार चार हजार रूपैयाँ धरौटीमा