सागमा आज १९ खेल, कुस्ती जनकपुरमा



काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत आज (शुक्रबार) १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

सागको छैटौं दिन अन्र्तगत आज काठमाडौं, पोखरा र जनकपुर गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेभएको हो ।

आज आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ । जसमा ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुनेछ भने कुस्ती जनकपुरमा हुनेछ । यसबाहेक बाँकि खेलहरु काठमाडौंमा हुनेछ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १ बजे हुने पुरुष क्रिकेटको पहिलो खेलमा भुटानले टेष्ट राष्ट्र बंगलादेश यू २३ को सामना गर्ने छ भने दोस्रो खेल नेपाल र माल्दिभ्सबीच हुनेछ ।

पोखरा क्रिकेट रंगशालामा हुने महिलातर्फ नेपालले टेष्ट राष्ट्र श्रीलंकासंग खेल्दै छ । फाइनल पुग्न नेपाललाई बलियो प्रतिद्वन्दी श्रीलंकामाथि जित निकाल्नै पर्ने दबाब छ ।

यस्तै, आजबाट बक्सिङ सुरु हुँदैछ । पहिलो दिन बक्सिङमा नेपालले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछ । यसैगरी पौडीमा आज विभिन्न ७ इभेन्टमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्