लोकसेवा तयारी गर्दा अपनाउनुपर्ने चरणहरू (लोकसेवा टिप्स)



१. आफूले परीक्षा दिन चाहेको पदको कोर्स अफ स्टडी र पुराना प्रश्नको संगालो (ओल्ड इज गोल्ड) जम्मा गरी अध्ययन गर्ने । आधारभूत ज्ञान हासिल गर्ने,

२. म्यानेजमेन्टको ज्ञान भएका, नभएका सबैले म्यानेजम्यान्टसम्बन्धी आधारभूत जानकारी र ज्ञान हासिल गर्ने,

 

३. प्रत्येक शीर्षकबारे छोटोछोटो तर महत्वपूर्ण तथ्यहरू खोज्ने र संग्रह गर्ने,

४. प्रत्येक शीर्षकको अर्थ बुझ्ने र सम्झने,

५. तयारी गर्दा प्रत्येक शीर्षकलाई निम्न चारवटा फरमेटमा पढ्ने:

 

– भनेको केहो ? अर्थ प्रस्ट बुझ्ने (शब्दकोश र गुगल प्रयोग गर्न सकिन्छ )

– के व्यवस्था छ, स्पष्ट हुने (लेगल र अर्गनाइजेनस अवस्था स्पष्ट हुने)

– के अवस्था छ ? (तथ्यांकीय अवस्थ खोज्ने, आर्थिक सर्वेक्षण प्रगति विवरणसमेत)

– अब के गर्नुपर्ला ? निष्कर्ष र आगामी बाटो पत्ता लगाउने (योजना र प्रतिवेदनका आधारमा)

 

६. ब्रोड टपिक्स (इस्यु) का बारेमा निम्न धारणा बनाउने

– सरकार र शासकीय सुधारबारे स्पष्ट हुने

– विकासको अवधारणबाट स्पष्ट हुने

७. टपिक्सवाइज जार्गन र आकर्षक शब्दहरू संग्रह गरी सम्झने र परीक्षामा प्रयोग गर्ने,

 

८. लेख्ने बानी निरन्तर गर्ने, अक्षरलाई माया गर्ने र राम्रो बनाउने,

९. प्रश्नलाई टुक्राएर पढ्ने बानी बसाउने,

१०. प्रत्येक प्रश्नमा मेन वर्ड पत्ता लगाई त्यसमा नै केन्द्रित भई लेख्दै जाने । उत्तर लेख्दै गर्दा पटक पटक प्रश्न पनि पढ्दै जाने,

 

११. परीक्षामा बस्दा प्रत्येक प्रश्नको समय पहिला नै छुट्याएर सोही लिमिटमै सक्ने,

१२. प्रत्येक टपिक्स आफैंमा युनिक हुने भएकाले त्यसको फर्म छुट्टै र स्पेसिफिक्स हुन्छ, त्यसको अर्थ र गहिराइ बुझ्ने तथा मनन गर्ने र लेख्दै जाने,

 

१३. सकेसम्म उत्तर लेख्दा सिर्जनात्मक पक्षलाई  ध्यान दिने,

१४. परीक्षामा आफूलाई मन परेको गेम खेलिरहेको छु् भन्ने ठानेर तनावरहित किसिमले उत्तर लेख्ने । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्