काठमाडौंको तापक्रम शून्यमा झर्‍यो, जुम्लाको माइनस ५



काठमाडौं: काठमाडौं उपत्यकाको तापक्रम आज शून्य डिग्रीमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ०.५ डिग्री सेल्सियसमा झरेको हो ।

 

बिहान पौने ९ बजे लिइएको तापक्रम वर्षकै सबैभन्दा कम भएको महाशाखाले जनाएको छ ।  तापक्रम घटेकाले चिसो अत्यधिक हुने महाशाखाको भनाई छ । महाशाखाका अनुसार अहिले देशकै सबैभन्दा बढी चिसो जुम्लामा छ । आज बिहान पौने ९ बजे लिइएको मापनअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री छ ।

 

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यसवर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको अनुमान छ । यसैबीच भोलि र पर्सी देशका केही स्थानमा पानी पर्न सक्ने मौसमविदहरूले अनुमान गरेका छन् । मंगलबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई विशेषतः पश्चिमी पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको उनिहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्