सिद्धबाबालाई अझै ७ दिन हिरासतमै राखिने



काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश दिइएको छ ।

उनलाई आफ्नै अनुयायी बलात्कार गरेको आरोपमा मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाट नै पक्राउ गरिएको थियो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीले म्याद थपको माग गर्दै शुक्रबार उनलाई जिल्ला अदालत उपस्थित गराएपछि अदालतले ७ दिन म्याद थप गरेको हो ।

यसअघि प्रहरीले ४ दिनको म्याद थप गराइ अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्