दुई वटा गाडीको ठक्करबाट झापामा हरिप्रसाद न्यौपानेको मृत्यु



झापा : झापा मेचीनगर नगरपालिका १२ र बुद्धशान्ति गाउँपालिका ३ को सिमानामा पर्ने धाइजन चोकस्थित सडकमा दुई वटा गाडीले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

शुक्रबार बिहान प्रदेश नम्बर १–०१–००१ ज ३४०० नम्बरको बलेरोले ठक्कर दिइ लडेको अवस्थामा मे.१ ज ३१९६ नम्बरको गाडीले पुनः ठक्कर दिँदा बुद्धशान्ति गाउँपालिका ३ का ७० वर्षीय हरि प्रसाद न्यौपानेको मृत्यु भएको हो ।

दुई वटा गाडीको ठक्करबाट गम्भीर घाइते भएका न्यौपानेको बीएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्