रुपन्देहीमा छोराले गरे आमाबुवाको हत्या



रुपन्देही : रुपन्देहीको ओमसतिया गाउँपालिका ४ मा छोराले आफ्नै आमाबुवाको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार छोरा गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै छोराको प्रहारबाट गम्भीर घाइते भएकी थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी हेम थापाले बताए ।

प्रमुख एसप थापाका अनुसार प्रारम्भिक अनुसन्धानमा गोरखबहादुरको मानसिक सन्तुलन ठीक नभएको पाइएको छ । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्