निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम रोक्न सर्वोच्चको आदेश



काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले विमानस्थलको काम यथास्थितिमा राख्न आदेश दिएको हो ।

निर्माणाधीन विमानस्थलका लागि ५ सय रुख काट्नुपर्ने विषयलाई लिएर लामो समयदेखि वहस चलिरहेको छ ।

पुराना रुख काट्ने, जंगल विनाश गर्ने र जंगल क्षेत्रलाई कंक्रिटमा परिणत गर्ने सरकारको उक्त निर्णको विरुद्ध पूर्वसचिव द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले रीट दायर गरेका थिए ।

उनीहरुले २०७२ सालमा निजगढ क्षेत्रको वन पर्यटन मन्त्रालयलाई हस्तान्तरण गर्ने गरी मन्त्रिपरिषदले गरेको निर्णय बदर गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्