पर्सामा पाँच बर्षीया बालिका बलात्कृत



वीरगन्ज : पर्सामा आइतबार पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । जिल्लाको पकाहा मैनपुर गाउँपालिका–१ बस्ने बालिकामाथि बलात्कार भएको हो । बालिकालाई छिमेकी युवक २२ वर्षीय देवकुमार पटेलले नियन्त्रणमा लिई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 

हिजो बेलुका आफनै घरको आगंनमा खेलिरहेको अवस्थामा बालिकालाई छिमेकी पटेलले चकलेट दिने बहानामा घरमा लगी जबरजस्ती गरेको पीडित परिवारले जनाएको छ । पटेलले जबरजस्ती गरेपछि बालिका चिच्याउँदा उनका आमाबुवा आएको देखेपछि पटेलले बालिकालाई छाडी फरार भएका थिए ।

 

बालिकाको अवस्था गम्भीर देखेपछि उनका परिवारले बालिकालाई अस्पताल ल्याउन खोज्दा पटेल परिवारले घटनालाई साम्य बनाउन दबाब दिएका थिए । पटेलका परिवारले दबाब दिए पनि पीडित बालिकाका पिताले घटनाबारे प्रहरीलाई जानकारी गराउँदै उपचार लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएका थिए । बालिकाको स्वास्थ्य परीक्षण गरी घर पठाइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । फरार पटेललाई प्रहरीले व्यापक रूपमा खोजी कार्य गरिरहेको पर्साका प्रहरी उपरीक्षक ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्