जनकपुर अस्पतालमा एनआइसियु सेवा



जनकपुरधाम: जनकपुर अञ्चल अस्पतालमा एनआईसियु र नर्सरी सेवा सुरु भएको छ । शिशुहरुका लागि पाँच भेन्टिलेटर सहित ८ शैयाको एनआईसियु र १५ शैयाको नर्सरी सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश २ को सामाजिक विकास मन्त्रालयको सहयोगमा एकवर्षको तयारीपछी ५ वटा भेन्टिलेटर सहित ८ शैयाको एनआईसियु र नर्सरी सेवा सञ्चालन गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताए ।

 

एनआईसियु सेवामा बेडको न्युनतम शुल्क बाहेक अन्य सेवा निःशुल्क प्रदान गरिने अस्पतालका बालरोग विशेषज्ञ डा.जामुन सिंहले बताए । उनका अनुसार एनआईसियु सेवाका लागि प्रतिबेड न्युनतम दैनिक ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने औषधि सहित सेवा निःशुल्क प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्