आज-२१ मंसिर २०७६ शनिवार को राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । जोश जाँगर र हिम्मत बढ्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र वा आफन्त बाट मिल्नेछ । भूमिबाटपनि लाभलिन सकिनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ, तर प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउन सक्छ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सेतो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्यातउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ, तर धार्मिक कार्यमा भने मन लाग्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्ला ।

प्रतिक्रिया दिनुहोस्