आज साग म्याराथन दौड प्रतियोगिता : यी क्षेत्रमा यातायात आवागमन ठप्प हुने



काठमाडौं : आज (शनिबार) बिहान ७ बजेदेखि ११ बजेसम्म १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको म्याराथन दौड प्रतियोगिताका सञ्चालन हुने भएकाले सो समयमा सम्बन्धित रुटमा सवारी अवरूद्ध हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आज टेकु, कालिमाटी, कलंकी, बल्खु, सातदोबाटा, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनः सल्लाघारी, कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार, भद्रकाली, वीर अस्पताल, जमल, लौनचौर, उत्तर ढोका, नागपोखरी, जयनेपाल हल, संग्राहलय दक्षिण गेट, घण्टाघर, भद्रकाली, नागस्थान हुँदै रंगशालासम्म प्रतियोगिता हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचनामा जानकारी दिएको छ ।

अत्यावश्यक सवारीबाहेक अन्य सवारी नचलाउन ट्राफिलक प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्