घुसकाण्ड सार्वजनिक भएपछि दोलखाका सिडिओ हटाइए



काठमाडौं : घुसकाण्डमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)खगेन्द्रप्रसाद रिजाललाई शुक्रबार गृह मन्त्रालयले हटाएको छ ।

उनले मुद्दा छिन्ने क्रममा पटक– पटक घुस लिएको खुलेपछि रिजाललाई शुक्रबार मन्त्रालय तानिएको हो । गृह मन्त्रालया प्रवक्ता केदारनाथ शर्माका अनुसार उनलाई हटाउने निर्णय भइसकेको छ । नयाँ सिडिओ कसलाई पठाउने भन्ने तय भइ नसकेको उनले बताए । रिजालले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार घुस लिएका थिए ।

पछि विवाद भएपछि फिर्ता गरेको खुलेको थियो । पीडितहरुले बिहीबार पत्रकार सम्मेलन गरेर सिडिओ घुस लिएको सार्वजनिक गरेका थिए । त्यसअघि पनि विभिन्न मुद्दामा उनले पैसा लिएको खुलेको थियो ।

रिजालमाथि थप छानबिन हुने गृह मन्त्रालयले जनाएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्