मानव बेचबिखन सञ्जाल सक्रिय अलपत्र पार्ने क्रम बढ्यो



काठमाडौँ : उनीहरूले नेपाली महिला र पुरुष विदेशी भूमिमा लैजान थालेका छन । विगतमा नेपाली महिला धेरैजसो भारतमा बेचिने गर्थे । सरकार तथा गैरसरकारी क्षेत्रबाट कडाइ भएपछि यसरी बेचिने क्रम घट ्यो । त्यसपश्चात अवैध ओसारपसारमा संलग्नले रुट फेर्दै महिला लैजाने काम थालेको हो ।

गएको शुक्रबार इन्डोनेसियाबाट पाँच जनाको उद्धार गरिएको थियो । त्यही क्षेत्रबाट एक महिनाअघि एक महिलासहित छ जनाको उद्धार नेपाल प्रहरीसहितको टोलीले ग¥यो । केही दिनअघि मात्र चीन पुगेकी एक महिला फर्काइयो । त्यस्तै तीन जना महिलालाई बिहे गरेर यौनदासी बनाउन चीन लैजाँदै गरेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले पक्राउ ग¥यो ।

महिलालाई लैजानेले छोटो रुट प्रयोग गर्न थालेका छन । , मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गोविन्द थपलियाले भन्नुभयो, । भारत, माल्दिभ्स, श्रीलङ ्का हुँदै अफ्रिकी मुलुकमा नेपाली महिला लैजान थालेका छन । पुरुष लैजाने तस्करले लामो रुट प्रयोग गर्दै युरोप, अमेरिका, अस्ट्रेलियामा सञ्जाल फैलाएको छ ।

पछिल्लो समय चीनमा नेपाली महिला यौनदासीका रूपमा प्रयोग भइरहेको सूचना प्रहरीकहाँ आइपुगेको छ । । बिहे गरेर लगेपछि कतिपयलाई घरमै यौनदासीका रूपमा राख्ने, बच्चा जन्मेपछि नेपाली महिलालाई अर्को व्यक्तिसँग चीनमै बिहे गराइदिने गरेको पाइएको छ । , थपलियाले सुनाउनुभयो, । तर उद्धारका लागि त्यहाँ पुग्ने सञ्जाल नबनेकाले सकिएको छैन । केही महिलालाई भने कामको बहानामा यौन व्यापारमा संलग्न गराएको सूचना आएको छ । अफ्रिकी मुलुक केन्या, इथियोपिया, मालावी, लिबियालगायतका देशबाट समेत महिलाको उद्धार गरिएको छ । उद्धार गरेका महिलाले उजुरी दिएर झन्झटमा पर्न नखोज्दा त्यस्ता तस्करको हौसला बढेको उहाँ बताउनुहुन्छ ।

नेपाली महिलालाई अवैधानिक रूपमा पत्याउनै नसक्ने देश पु¥याउने क्रम बढेको एटविनका अध्यक्ष अञ्जना शाक्य पनि पुष्टि गर्नुहुन्छ । एटविन महिला तथा बालबालिका बेचबिखनविरुद्धको सहकर्मी समूह हो । । पहिले भारत हुँदै लगिएका महिला बढी भेटिन्थे । , उहाँले भन्नुभयो, । अब श्रीलङ ्का, माल्दिभ्स, चीन र इन्डोनेसियाबाट महिला लैजाने गिरोह सक्रिय भएकोे छ ।

भारतबाट लैजाँदा पछिल्लो समय त्यहाँको विमानस्थलले धेरै महिला देखेपछि ‘नो अब्जेक्सन लेटर’ दिन थालेको छ । त्यसैले पनि महिला बेचबिखन गर्नेहरूे नयाँ नयाँ रुट विकल्पमा प्रयोग गर्न थालेका हुन ् । नेपालबाट कतिपय देशमा सामान्य रूपमा भिसा पाउन कठिन छ । त्यस्ता देशमा समेत राहदानी नै नबोकी नेपाली महिला हिंसा भोगेर आएका उदाहरण भेटियो । , उहाँले थप्नुभयो, । कहाँबाट सजिलो पर्छ, त्यतैको रुट प्रहरी झुक्याउँदै जान थालेको प्रस्ट हुन्छ ।
नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले पनि भारतबाट सुरु भएको महिला बेचबिखन र ओसारपसार अहिले खाडी मुलुक र त्यसबाहिर पनि फैलन पुगेको बताउनुहुन्छ । बेचिएर दुबईको क्यासिनोसम्म नेपाली महिला पुगेको फेला पारेका छौँ । , उहाँ औँल्याउनुहुन्छ, । नेपाली महिलाको ओसारपसार र बेचबिखन विस्तारै युरोपका ठूला सहरमा प्रवेश भइसकेको छ ।

युरोप जाने नयाँ रुट
दक्षिण एसियाका भारत, माल्दिभ्स, श्रीलङ ्का पुग्छन । त्यसपछि इन्डोनेसिया, कम्बोडिया, भियतनामको बाटोका अफ्रिकी देश हुँदै युरोप र अमेरिकासम्मको नयाँ रुटमा पछिल्लो समय नेपालबाट महिला तस्करी बढेको छ ।

पहिले दिल्ली हुँदै विदेश जाने एकमात्र रुट थियो । त्यसमार्फत महिला विदेशमा सास्ती खेप्न पुग्थे । अहिले दिल्ली नगई नयाँ रुटबाट सीधै नेपाली महिला युरोप पनि पुग्न थालेका छन । प्रहरीको तथ्याङ ्कअनुसार त्रिभुवन विमानस्थलबाट सीधै दुबई पु¥याइन्छ । त्यहाँबाट इरान, अजरबैजान हुँदै लिबिया अनि इटाली हुँदै युरोपका कतिपय झकिझकाउ सहरमा नेपाली महिला पुग्ने गर्छन ।

अमेरिका जाने रुट पनि
अमेरिका जाने रुट छ । त्यसअनुसार नेपालबाट दिल्ली हुँदै रुसको मस्को अनि स्पेन हुँदै इक्वेडरबाट पानामा पु¥याइन्छ । त्यहाँबाट कोस्टारिका हुँदै होन्डुरस अनि ग्वाटेमाला हुँदै मेक्सिकोबाट अमेरिका प्रवेश गराइन्छ ।

खाडी जाने रुटअनुसार भने नेपाल हुँदै दिल्लीबाट मिजुरम पु¥याइन्छ । त्यहाँबाट श्रीलङ ्का हुँदै खाडी मुलुकमा मानव ओसारपसार हुने गरेको छ । यो पहिलेको भन्दा फरक रुट मानिन्छ । अफ्रिकी मुलुकमा नेपाली महिला र पुरुष कामदार लैजानका लागि भने नेपालबाट दिल्ली हुँदै पहिले दुबई पु¥याइन्छ । त्यहाँबाट अफ्रिकाका विभिन्न मुलुकमा मानव तस्करी हुने गरेको प्रहरीको अध्ययनले देखाएको छ ।

यसले जुन ठाउँमा सहज पहुँच छ र जुन ठाउँमा तस्करले सजिलै मानिस ओसारपसार गर्न सक्छन , त्यस्ता कमजोरी पत्ता लगाउन तस्कर सञ्जाल सक्रिय रहेको देखिएको छ । , नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

अभियुक्तमा बढी पुरुष
विगत तीन वर्षको तथ्याङ ्क हेर्ने हो भने मानव बेचबिखनको गिरोहले बेचबिखन र ओसारपसारमार्फत विदेश लगेकामा महिला बढी पीडित छन ् । प्रहरीको तीनवर्षे तथ्याङ ्कमा आर्थिक वर्ष २०७३÷७४ मा ३०८ महिला बेचबिखनको सिकार बने । त्यो वर्ष जम्मा तीन जना पुरुष पीडित छन ् । त्यसैगरी आव २०७४/७५ मा भने पीडित महिलाको सङ ्ख्या केही न्यून छ । त्यो वर्ष ११९ महिला पीडित भएको उल्लेख छ ।

त्यो वर्ष ४२७ पुरुष ओसारपसारको पीडामा परेका थिए । यो वर्ष गिरोहले महिला लैजाने रुट परिवर्तन गरेको हुनसक्ने अनुमान प्रहरी र यस क्षेत्रमा काम गर्ने सङ ्घसंस्थाको छ । आव २०७५÷७६ मा भने पीडित महिलाको सङ ्ख्या ह्वात्तै बढेर ३१६ जना पुगेको छ । यस वर्ष ७१ जना पुरुष त्यस्तो पीडामा परेको प्रहरीको आँकडा छ ।

अलपत्र पार्ने…

अभियुक्त के कस्ता ?
अभियुक्त पक्राउतर्फको आँकडा हेर्ने हो भने मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेकामध्ये स्वदेशीसँगै विदेशी पुरुष बढी छन् । आव २०७२÷७३ मा १६३ स्वदेशी पुरुष पक्राउ परे । सोही आरोपमा सात जना विदेशी पुरुष पक्राउ परेका थिए । पक्राउ परेका महिला अभियुक्त भने ५७ स्वदेशी थिए । त्यो वर्ष १८२ आरोपी फरार थिए । तिनमा पुरुष १४७ र महिला ३५ जना थिए । आव २०७३÷७४ मा १८१ स्वदेशी र आठ विदेशी अभियुक्त पक्राउ परे । महिला अभियुक्ततर्फ भने ८३ स्वदेशी र दुई विदेशी थिए । फरार रहेकामा स्वदेशी र विदेशी गरी १३७ जना थिए । तिनमा १०८ जना पुरुष र २९ महिला थिए ।

आव २०७४/७५ मा २६३ स्वदेशी र १५ विदेशी पुरुष पक्राउ भए । महिलातर्फ ९७ स्वदेशी र एक जना विदेशी थिए । फरार भएकामा २३३ जना थिए । तिनमा १६६ पुरुष र ६७ महिला थिए । आव २०७५÷७६ मा २०४ स्वदेशी र १३ जना विदेशी पुरुष पक्राउ परे । महिलातर्फ भने ८२ स्वदेशी पक्राउ परेका थिए । फरारतर्फ स्वदेशी र विदेशी गरी १५७ जना पुरुष थिए भने ३४ जना महिला थिए ।

परिकल्पना सुन्दर
उद्धार गरिएकी एक महिलाले धन कमाएर भविष्य सुधार्नकै लागि विदेश पुग्दा सोच्दै नसोचेको पीडा भोग्नु परेको बताउनुभयो । राम्रो काम, राम्रो पैसा दिने प्रलोभन पाए पनि विदेश पुग्दा सोचेजस्तो नभएको उहाँको अनुभव छ । भाषाको ज्ञान नहँुदा अनि ठाउँको पहिचान नहुँदा कुन कुन देश पु¥याए त्यो पनि थाहा पाउन नसकेको उहाँ बताउनुहुन्छ । “कति दिन त होटलमै बन्दीझैँ बनेर बसियो, बल्लबल्ल पाएको काम गर्दा अनेक यातना भोग्नु प¥यो”, उहाँ भन्नुहुन्छ ।

एटविनकी अध्यक्ष अञ्जना शाक्यले पनि विदेशमा सधैँ सुख हुन्छ र धेरै कमाउन सकिन्छ भन्ने धारणाकै कारण महिला बढी बेचबिखनमा पर्ने गरेको बताउनुभयो । “गाउँबाट सहर पस्दा होस् वा देशबाट बाहिर जाँदा, त्यहाँ अवसरसँगै खतरा हुन्छ भन्ने कुरा नेपाली महिलालाई बुझाउनै कठिन छ”, उहाँ भन्नुहुन्छ, “एउटीले दुःख पाएको देख्दा मैले पनि दुःख पाउन सक्छु भनेर सोच्दैनन् । ” दलालले फकाएअनुसार उसलाई जे आपत् प¥यो, त्यो मलाई पर्दैन भन्नेमा उनीहरू ढुक्क हुन्छन् । विमानस्थलमा रहेको हेल्पलाइन डेस्कमा यसरी जानुहुन्न । दुःख पाइन्छ भन्ने परामर्श दिँदा पनि महिला एकोहोरो भएर जान तम्सिने गरेको उहाँ सुनाउनुहुन्छ ।

सहरिया जीवन, राम्रो कमाइ र छिमेकीको जीवनशैली नक्कल गर्ने बहानामा नेपाली महिला सजिलै मानव बेचबिखन र ओसारपसार गर्ने गिरोहको फन्दामा पर्ने गरेको प्रहरी प्रवक्ता पोखरेल सुनाउनुहुन्छ । उहाँका अनुसार नेपाली महिला फकाउनेमा सञ्जालमा आबद्ध पुरुष नै बढी सक्रिय छन् । केही महिला आफूजस्तै महिला फकाउन पनि उद्यत पाइएको छ ।

उद्धार भएकामा महिला कम
गत अन्तिम महिनाताकादेखि २०७६ को असार महिनासम्मको उद्धारको सिलसिला हेर्दा महिला निकै कम उद्धार भएको प्रहरीको तथ्याङ्क छ । त्यसअनुसार कुल २५० जना उद्धार गरिएकामा १७१ पुरुष थिए । महिला भने ७९ जना मात्र उद्धार भए । २०७५ फागुन ७ गते मणिपुर भारतबाट १७९ जनाको उद्धार गरिएको थियो । तिनमा ३२ जना महिला थिए । सोही साल चैत २५ गते कुवेतबाट एक जना महिलाको उद्धार गरिएको थियो ।

यसैगरी गत वैशाख ५ गते भारतबाट दस महिलाको उद्धार भएको थियो । वैशाख २६ गते मिजुरम भारतबाट विदेश लैजान लागिएका २३ महिलाको उद्धार भएको थियो । त्यही दिन किर्गिस्तान इराकबाट ६, जेठ १० गते लिबियाबाट १७ जना र जेठ १५ गते ग्रिसबाट एक जना पुरुषको उद्धार भएको थियो । असारमा एक जना र साउन २ गते केन्याबाट १२ जना नेपाली महिलाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्