युएईविरुद्ध क्रिकेट खेल्ने प्रारम्भिक टोलीको घोषणा



काठमाडौं : युएईविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ ।

छनोट समितिले कप्तान पारस खड्काको नेतृत्वमा २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

छनोट हुने खेलाडीमा कप्तान खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै, ललित भणडरी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसान भारी, विक्रम सोब, भिम शार्की र अभिनाष कर्ण रहेका छन् ।

युएईसँग नेपालले तीन खेलको एक दिवसीय सिरिज र तीन खेलकै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने छ ।

 

नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ मा खेल्दैछ । २६ मा दोस्रो र एक दिवसीय सिररिजको अन्तिम खेल २८ जनवरीमा खेल्नेछ ।

 

एक दिवसीय सिरिजपछि नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल ३१ जनवरीमा, दोस्रो खेल फेब्रुअरी एकमा र तेस्रो खेल  फेब्रुअरी तीनमा हुनेछ ।

युएईविरुद्धको खेलका लागि खेलाडीहरुको प्रशिक्षण ८ जनवरीबाट सुरु हुनेछ । प्रशिक्षणकै दौरान अन्तिम टोली चयन गरिनेछ ।

नेपाल र युएईबीचका सम्पूर्ण खेल दुबईमा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्