वीरगन्जमा पहिलो पल्ट ब्रेन टियुमरको सल्यक्रिया सफल



वीरगन्ज : वीरगन्ज १४ बहुअरी गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्पतालमा ब्रेन टियुमरको सल्यक्रिया सफल भएको छ ।

अस्पतालले ब्रेन टियुमर रोगले ग्रसित पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ नवका टोलाका २१ वर्षीया किशोरी ईन्दु कुमारी महतोको सल्यक्रिया सफल भएको हो ।

विगत कयौं महिनादेखि टाउँकोको दुखाईको समस्या आएको थियो, ईन्दुका पिता रामा महतो थारुले भने, टाउँको दुखनुका साथै पेटमा अपच हुन्थ्यो, कुनैपनि खानेकुरा खादाँ लगतै बान्ता आईहाल्ने जस्ता समस्या देखिएपछि उपचारको लागि हेल्थ केयर अस्पतालमा मंसिर ६ गते भर्ना गराएका थिए ।

अस्पतालका न्यूरो सर्जन डा. फिरोज अफजलले ब्रेन सर्जरी गरेर टियुमर निकालेका थिए । महताले भने, डा. अफजल सहितको चिकित्सकको टोलीले गरेको योगदान हाम्रो लागि बर्दानको रुपमा छ, जसले गर्दा मेरो छोरीको स्वास्थ्य अवस्थामा धेरै सुधार आएको छ र अहिले सहज रुपमा बोल्न खान पनि सकिरहेकी छन ।

अस्पतालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महतोले भने, ‘हाम्रो परिवार सम्पन्न छैन, वीरगन्ज बाहेक अन्त्य उपचार गराउँन पनि असक्षम छौ, तर हेल्थ केयरमा १ लाख रुपैयाको खर्चमै सम्पूर्ण उपचार सम्पन्न भएको छ, अन्त्य तीन देखि चार लाख रुपैया उपचारमा खर्च हुन्थ्यो ।’

त्यस्तै न्यूरो सर्जन डा. फिरोजले प्रदेश नम्बर २ लाई नै मध्यनजर गरी यो अस्पतालमा ब्रेन टियुमरको सर्जरी सञ्चालनमा ल्याएको बताए । पर्सा जिल्लामा ठूलाठूला अस्पताल छन, तर कसैसँग सुविधा सम्पन्न उपकरणहरु छैन, ब्रेन टियुमर समस्या देखिएका विरामीहरुलाई वीरगन्ज भन्दा राजधानी अथवा भारतको महँगो अस्पतालमा उपचार गराउँन बाध्य हुन्थ्यो उनले भने ।

प्रतिक्रिया दिनुहोस्