चार जिल्लाका एसपी फेरिए



काठमाडौं : प्रहरी प्रधान कार्यालयले चार जिल्लाको प्रहरी नेतृत्व हेरफेर गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कार्यसम्पादनमा कमजोर देखेपछि जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार बैदवारलाई एकेडेमीमा तानेर एसपी रबिन्द्र रेग्मीलाई धादिङ प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।

त्यस्तै सर्लाहीको प्रहरी प्रमुखमा बिश्वमणी पोखरेललाई सरुवा गरिएको छ भने सर्लाहीका एसपी गोपालचन्द्र भट्टराई प्रहरी प्रधान कार्यालय कानुन शाखामा सरुवा भएका छन् । काभ्रेमा ट्राफिक महाशाखाका एसपी रवि पौडेल सरुवा भएका छन् । काभ्रेका एसपी जयराज सापकोटाको दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखामा कार्यरत एसपी जनार्दन जिसीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रमुखको जिम्मेवारी पाएका छन् भने स्याङ्जाका एसपी राजकुमार लम्साललाई प्रधानकार्यालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्