२७ डिएसपीको सरुवा को कहाँ पुगे ? (सूची सहित)



काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी सरुवा हुनेमा उपत्यकाका तीन बृत्त, ओखलढुंगा, दोलखा र बाजुरा लगायत छन् । सरुवा अनुसार महानगरीय प्रहरी बृत्त बालाजुमा डीएसपी रन्जितसिंह राठौरको सरुवा भएको छ । त्यस्तै बालाजुका डीएसपी बालनरसिंह राणा साइबर ब्युरो सरुवा भएका छन् ।

यस्तै सातदोबाटोमा मित्रबन्धु शर्मा र थानकोटमा घनश्याम श्रेष्ठको सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका डीएसपी मानबहादुर राईलाई तानेर उनको ठाउँमा रेवतीरमण पोखरेललाई पठाइएको छ भने डिएसपी रुपेश खड्काले ओखलढुंगाको प्रहरी प्रमुखको अवसर पाएका छन्। त्यसैगरी बाजुराको प्रहरी प्रमुखमा टंकप्रसाद भट्टराईको सरुवा गरिएको छ।

आकर्षक पोस्टिङ् मानिने कास्कीको वडा प्रहरी कार्यालय बैदाममा यादव ढकालको सरुवा भएको छ भने ईलाका प्रहरी कार्यालय डाँडाको नाक कास्कीमा अर्जुन रानाभाट गएका छन्।

प्रहरी मुख्यालयको केन्द्रिय समाचार कक्षमा कार्यरत शरतकुमार थापा क्षेत्रीलाई ईलाका प्रहरी कार्यालय लहानको जिम्मेवारी दिइएको छ। यसअगाडी लहानमा कार्यरत डीएसपी भेषराज रिजाल पुनः गोरखा पुगेका छन्।

हेर्नुहोस सुची :

प्रतिक्रिया दिनुहोस्