ग्रुप प्रधान सम्पादकमा अर्याल


काठमाडौ : नेपाल टप मिडिया प्रालिद्वारा संचालित द नेपाल टप डट कम अनलाइन पत्रिकाको ग्रुप प्रधान सम्पादकमा बरिष्ठ पत्रकार राजेन्द्र अर्याल नियुक्त भएका छन् । ग्रुप सम्पादकमा भर्खरै नियुक्त अर्यालको पछिल्लो समय विभिन्न पत्रपत्रिकामा लेखहरु प्रकाशित हुँदै आएका छन् ।


दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय अर्यालसँग छलफल, छानविन, सौर्य, सम्बोधनलगायत साप्ताहिक पत्रिकामा काम गरेको अनुभव रहेको छ । उनमा सूर्योदय साप्ताहिक पत्रिकाका साथै रातो सूर्य अनलाइनको सम्पादन तथा प्रकाशन गरेको अनुभव छ ।

उनले गोरखापत्र दैनिक र कान्तिपुर पब्लिकेशनको नेपाल साप्ताहिकको सम्पादनमा समेत अनुभव हासिल गरेका छन् । यस्तै रेडियो नेपालको चर्चित कार्यक्रम हाका–हाकीको प्रमुखको रुपमा जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका अर्यालले नेपाल प्रेस इन्स्टिच्युटबाट पत्रकारिताको तालिम हासिल गरेका छन् । उनले डेनमार्कबाट जलवायु परिवर्तन पत्रकारितासम्बन्धी तालिम लिएका छन् । पछिल्लो समयमा प्रेस चौतारी नेपालको अध्यक्ष रही सफलतापूर्व कार्यसम्पादन गरेको सांगठनिक अनुभव समेत उनीसँग छ ।

नेपाल टप मिडिया प्रालिले एक वर्ष अगाडीदेखि संचालनमा ल्याएको द नेपाल टप डट कम अनलाइन पत्रिकाका साथै टीएन टी अनलाइन टिभी र टी एन टी अनलाईन रेडियो पनि संचालनमा छ । यस अवसरमा प्रालिका अध्यक्ष अमरेशकान्त झाले अर्यालको नियुक्तिले संस्थाको गति र गरिमा बढाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

रसुवा : कोरोना भाइरसको प्रकोप बढेसँगै नेपालबाट चीन छिर्ने महत्वपूर्ण नाकाको रुपमा रहेको रसुवागढी नाका

सुर्खेत : सुुर्खेतको वीरेन्द्रनगरमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । आज

रसुवा : चीनको केरुङबाट अवैध रूपमा काठमाडौ ल्याउदै गरेको साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट

रुपन्देही : तीनवटा ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु

काठमाडौं : चीनमा कम्तीमा ३,००० लाई सङ्क्रमित गरेको कोरोनाभाइरसले अन्यत्र थप ४७ जना सङ्क्रमित भएका

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले सरकारले अब हजारका हजार

इराक : इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीन वटा रकेट प्रहार भएका छन्। एउटा

काठमाडौं : अहिले झ्याप्प झ्याप्प बत्ति जाने गरेको छ । यसरी बत्ती जाने भईरहँदा सेवाग्राहीहरु

धनगढी : जुवाको खालबाट वडाअध्यक्ष सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई धनगढी

काठमाडौं : ‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ..’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भने, “यहीभित्र

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने क्रममा विवादमा तानिएकी गायिका आस्था राउतलाई आज

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने निश्चित जस्तै भएको छ ।