क्रिकेटमा बंगलादेशसँग नेपाल पराजित, स्वर्ण जित्ने सपना अधुरै



काठमाडौं : नेपाल १३ औं दक्षिण एसियाली खेलकुल (साग) अन्तरगत पुरुष क्रिकेटको फाइनलमा पुग्न असफल भएको छ ।

शनिबार त्रिभुवन क्रिकेट मैदान किर्तिपुरमा भएको यू २३ खेलमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएको हो ।

यो पराजितसँगै नेपालले स्वर्ण जित्ने अवसर गुमाएको छ । अब नेपालले रजत पदकको लागि खेल्नेछ ।

बंगलादेशले १५६ रनको पछ्याएको नेपालले ९ विकेट गुमाएर १११ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६ र अविनाश बोहोराले १३ रन बनाएका थिए । भने अन्य ब्याट्स्रम्यानले दोहोरो अंग जोड्न सकेनन् ।

यसैगरी, पवन सर्राफ र आरिफ शेखले खाता खोल्न नसकेको अवस्थामा पारस खड्का ९ रनमा आउट भए । रोहितकुमार पोडेल ८, ललित राजवंशी ५, विनोद भण्डारी ३, सुसन भारी ३ मा आउट भएका थिए । यता, करण केसी भने १ रनमा पभेलियन फर्किएका थिए ।

टस हारेर ब्याटिङ गरेको बंगलादेशले पुरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । पारस खड्कादृ घातक बलिङ गर्दा बंगलादेशले १६ रन बनाउँदा ३ विकेट गुमाएको थियो ।

बंगलादेशका खेलाडीहरु सुमोन खानले २ विकेट, तानवीर इस्लामले २, सौम्य सरकारले २ र मेहेदी हसनले २ विकेट लिएका थिए ।

बंगलादेशका लागि कप्तान नजिमुल हसनको उत्कृष्ट पारीले यासिर अलीसँगको साझेदारीमा ४३ रन बनाएका उनले पाँचौ विकेटमा अफिफ हुसेनस्रँग ९४ रनको साझेदारी गरेका थिए । आक्रामक पारी खेलेका अफिफदले २८ बलमा ५२ रन जोडे । ६० बलको सामना गरेका हसन ७५ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस्