काठमाडौं जिल्ला अदालतका खरिदार १० हजार घुससहित पक्राउ



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंमा कार्यरत खरिदार विदुर पोख्रेललाई १० हजार घुससहित पक्राउ गरेको छ ।

 

टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको एक टोलीले पोख्रेललाई काठमाडौं महानगरपालिकाको सोह्रखुट्टेस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।

 

जिल्ला अदालत काठमाडौंका खरिदार पोख्रेलले डोर खटी बण्डा मुचुल्का बनाउनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो । यसै क्रममा पोख्रेललाई घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्