नुवाकोटका सबै स्थानीय तह पहिराको उच्च जोखिममा


नुवाकोट : नुवाकोटका बाह्रैवटै स्थानीय तहका विभिन्न स्थान पहिराको उच्च जोखिममा रहेका एक अध्ययनले देखाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा आत्मनिर्भर सेवा केन्द्रले तयार गरेको तथ्याङ्कअनुसार जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा रहेका विभिन्न बस्ती पहिराको जोखिममा रहेका पाइएको हो ।

तथ्याङ्कअनुसार किस्पाङ गाउँपालिका पहिराबाट सबैभन्दा बढी जोखिम रहेको पाइएको छ । किस्पाङको वडा नं १ भाल्चे, वडा नं ३ काहुले र वडा नं ५ मनकामना पहिराबाट बढी जोखिममा रहेका उल्लेख छ ।

म्यागङ गापाको वडा नं २ बुङताङ, वडा नं ३ देउराली र वडा नं ४ किम्ताङ पहिराको जोखिममा रहेका पाइएको छ । गाउँपालिकाका प्राविधिक रमनसिंह तामाङका अनुसार वडा नं ४ को किम्ताङमा विसं २०३० देखि बग्दै आएको पहिरो अझै नियन्त्रणमा नआएकाले आसपासका करीब १०० घरधुरी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आवश्यक सुझाव दिइएको छ ।

पञ्चकन्या गापाको वडा नं २, ३, ४ र ५ पहिराको उच्च जोखिम रहेको छ भने ककनी गापाको वडा नंं १ र २ साविक ओखरपौवा गाविस पहिराको उच्च जोखिममा रहेका उल्लेख गरिएको छ ।

शिवपुरी गापाका वडा नं २, ५ र ६ पहिराको बढी जोखिममा रहेका पाइएको छ । साढे चार वर्षअघि गएको भूकम्पको प्रभावका साथै जनताको मागअनुुसार प्राविधिक अध्ययन नगरी सडक विस्तार र छोटो समयमै धेरै सम्पन्न गर्नुपर्ने दबाबले पहिराको जोखिम बढाएको गापाका प्राविधिक नवराज कार्कीको भनाइ छ ।

तादी गापाको वडा नं १ उर्लेनी, वडा नं २ रालुकादेदी, वडा नं ३ खरानीटार र वडा नं ६ नर्जा पहिराको जोखिममा रहेका छन् भने सूर्यगढी गापाका प्राविधिक वुद्धबहादुर घर्तीमगरका अनुसार वडा नं १ लच्याङ, वडा नं २ बागेश्वरी र वडा नं ५ गणेशस्थान पहिराको जोखिममा रहेका देखिएको छ ।

तारकेश्वर गापाको वडा नं १ दाङसिंह र लिखु गापाको वडा नं ५ थानसिंह पहिराको जोखिममा रहेका अध्ययनमा देखाइएको छ । भौगोलिक दृष्टिकोणले जिल्लाकै सबैभन्दा विकट दुप्चेश्वर गापाको वडा नं १ घ्याङफेदी, वडा नं २ गाउँखार्क र वडा नं ७ शिखरवेशी पहिराको उच्च जोखिममा रहेका तथ्याङकले देखाएको छ ।

बेलकोटगढी नपाका वडा नं ८, ११, १२ र १३ पहिराको जोखिममा रहेकाले समयमै नियन्त्रणको पद्धति अपनाउन सम्बन्धित पक्षले योजना तथा कार्यक्रम सञ्चालन गर्न सुझाव दिइएको छ । जिल्ला सदरमुकाम रहेको विदुर नपाका प्राविधिक सुनील थापाका अनुसार वडा नं १, ८, १०, ११, १२ र १३ पहिरो तथा बाढीको जोखिममा रहेका देखिएको छ ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट ध्वस्त बनेको जिल्लाका धेरै क्षेत्रका जमीनमा कम्पन भएर धाँजा फाटेको र भौगोलिक बनोट पहाडले घेरेको स्थल भएकाले जुनसुकै समयमा विपद् निम्तन सक्ने भन्दै जोखिम न्यूनीकरण र विपद्को पूर्वतयारीमा जुट्न सम्बन्धित स्थानीय तहलाई सुझावसहित प्रतिवेदन तयार गरिएको आत्मनिर्भर सेवा केन्द्रका पैरवी अधिकृत कल्पना न्यौपाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न मानव

काठमाडौं– सरकारले स्थानीय तह तथा अन्य निकायमार्फत व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन

एजेन्सी– दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट निको भएका ९१ जना पुनः संक्रमित भएको पुष्टि भएको

काठमाडौं– भारत सरकारले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत

काठमाडौं– भारतले कोभिड – १९ सँग लड्न नेपाललाई आफ्नो औषधीय आपूर्तिलाई जारी राख्ने एवम् सहज

वीरगन्ज– समादवादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले शुक्रबार एक

धनगढी : कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्यापिड टेष्ट गर्न थालिएको छ

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको र सङ्क्रमितको

एजेन्सी– कोरोना भाइरसको संक्रमण भारतमा तिब्र गतिमा फैलिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालका अनुसार संक्रमितको

एजेन्सी– कोरोनाभाइरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ९७ हजार ५६ पुगेको छ भने १६ लाख

अमेरिका : अमेरिकामा कोभिड-१९ बाट अतिप्रभावित न्यूयोर्क राज्यमा सङ्क्रमित व्यक्तिको सङ्ख्या अरू कुनै देशको कुल

काठमाडौं : लकडाउनको पालनामा कडाइ गरिएपनि रातारात हिँडेरै काठमाडौं उपत्यका छाड्ने क्रम नरोकिएको प्रहरी र