साग : फुटबलमा फाइनल पुग्न नेपाल र बंगलादेश भिड्दै



काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलतर्फ लिग चरणको अन्तिम खेलमा आज (आइतबार) नेपाल र बंगलादेश भिड्दै छन् ।

खेल काठमाडौंस्थित दशरथ रंगशालामा आज बेलुका ५ बजे शुरु हुनेछ ।

फाइनल पुग्न दुवै टिमका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ ।

आजको खेलमा नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्नेछ भने बंगलादेशले भने फाइनल पुग्न आजको खेल जित्नैपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्