द नेपाल टपको वार्षिकोत्सव सम्पन्न



काठमाडौं : नेपाल टप मिडिया प्रालिद्वारा सञ्चालित द नेपाल टप डट कमले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । हिजो (शनिवार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पहिलो वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रममा नेकपा नेतृ एवं सांसद ईन्दू शर्माले सत्य तथ्य र विश्वसनीय समाचार पाठकमाझ पुर्याउनको लागि आग्रह गरे । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा नेकपा केन्द्रीय सदस्य सूर्य थापाले अनलाईन पत्रिकाको भिडमा छुट्टै पहिचान बनाउन सफल द नेपाल टप अनलाईनले तथ्यमा आधारित समाचार दिने गरेको बताउदै यस्तै खाले समाचार प्रकाशनका निम्ति आग्रह गरेका छन् ।

यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विश्वसनीय समाचार प्रकाशन तथा प्रशारण गर्न आग्रह गरे । उनले ग्रुप प्रधान सम्पादक राजेन्द्र अर्याल विगत २५ वर्षदेखि सहकार्य गर्दै अगाडी बढेको स्मरण गर्दै अर्यालको नेतृत्वमा अनलाईनले थप उचाई लिने विश्वास व्यक्त गरे ।

यस्तै कार्यक्रममा स्वागत मन्तव्य दिँदै ग्रुप प्रधान सम्पादक अर्यालले द नेपाल टप नाम जस्तै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

द नेपाल टप प्रालिका अध्यक्ष अमरेशकान्त झाको सभापतित्वमा भएको सो कार्यक्रममा नेकपा नेता तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, विभन्न सञ्चार माध्यममा कार्यरत बरिष्ठ पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्