१३ औं साग : आज खेल १५, ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै



काठमाडौं : आज (आइतबार) १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत हुने १५ वटा खेलमा कुल ३० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

आज काठमाडौं, पोखरा र जनकपुरमा विभिन्न खेलहरु हुने छ । काठमाडौं पुरुष फुटबलमा नेपाल र बंगलादेश समूह चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन् । नेपाल–बंगलादेशबीचको फुटबल म्याच दशरथ रंगशालामा अपरान्ह साढे ५ बजे शुरु हुनेछ ।

त्यस्तै पोखरामा भारत्तोलन, महिला क्रिकेटका फाइनल खेल हुँदैछन् । कुस्तीमा ६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ भने जनकपुरमा कुस्तीका खेलहरू हुने छन् ।

यसैगरी पुरुष क्रिकेटको स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेश कीर्तिपुर मैदानमा भिड्दै छन् भने ललितपुरमा पौडी, स्क्वास, जुडो लगायतका खेल हुँदैछन् । आज पौडीमा सर्वाधिक आठ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ ।

आजै ह्याण्डबलको उपधिका लागि नेपालको सामना गर्दै छ । भलिबलको स्वर्णका लागि प्रतिस्पर्धा पनि हुँदै छ । लन टेनिसमा ४ स्वर्णका लागि प्रतिस्पर्धा हुदैछ ।

१३ औं सागको पदक तालिकामा भारत शीर्ष स्थानमा छ । भारत अहिलेसम्म ११० स्वर्ण पदकसहित शीर्ष स्थानमा रहँदा नेपालले पनि ४३ स्वर्ण पदक जितेर दोस्रो स्थान बनाइरहेको छ । जारी सागमा भुटानले अहिलेसम्म कुनै पनि स्वर्ण पदक जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्