कवि शिरोमणिको सम्झना



चितवन : चितवन साहित्य परिषदले नारायणगढमा कवि शिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती मनाएको छ । 

कार्यक्रममा पौड्यालको कृतित्वमाथि साहित्यकार केदारनाथ खनालले विशेष चर्चा गरेका थिए । पाैड्यालमा मानवीय चेतनालाई आध्यात्मिक भाव र नैतिक मूल्यद्वारा परिष्कृत पार्नसक्ने विशेषता रहेको उनले बताए ।

कार्यक्रममा दुईजना कविका कविता संग्रहलाई पुरस्कृत पनि गरिएको छ ।

कृष्णकुमारी गुरुङ स्मृति पुरस्कारबाट कवि सरला जोशीको वृद्धाश्रमको यात्रा कविता संग्रह पुरस्कृत भयो भने कवि प्रसन्नको मिझोर कविता संग्रहलाई कृष्णकृष्णा साहित्य पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।

पुरस्कृत व्यक्तित्वमध्ये कवि सरला जोशीको वृद्धाश्रमको यात्रा कविता संग्रहमाथि शान्ति शर्मा र प्रसन्नको मिझोरमाथि चेतनाथ रेग्मीले समीक्षात्मक चर्चा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्