पाउदीखोलामा बस खस्दा एकको मृत्यु, ७ घाइते



लमजुङ : लमजुङको पाउँदी नजिकको प्रहरी बिट र सिमलको बोटको बिचमा रोकेर राखिएको बस अनियन्त्रित भई पाउँदी खोलामा बस खस्दा एकको मृत्यु भएको छ भने ७ घाईते भएका छन् । लमजङको बेसीशहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको यात्रुबाहक बस आज आइतबार विहान करिब ७ः४० बजेतिर खोलामा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको परिचय भने खुलेको छैन । उनको उपचारको लागी सुन्दरबजारको कर्मदा अस्पतालमा लगिएकोमा अस्पताल लैजाने वित्तिकै डाक्टरले मृत घोषित गरेको लमजुङका डिएपी रविन्द्रमान गुरुङले बताए ।

बस सडकबाट करिब १०० मिटर तल खसेको छ । दुर्घटनामा परी घाइते भएका ७ जना मध्ये ४ जनालाई उपचारका लागी चितवन लगिएको छ भने एक जनाको स्थानिय अस्पताल कर्मदामा उपचार भइरहेको छ । दुई जना सामन्य घाइते भएको प्रहरीले बताएको छ । बसमा १० देखि १२ जना यात्रु रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्