घाइतेको उपचार गर्न सहयोगको याचना



सुर्खेतः कालिकोटको पचालझरनामा रुखवाट लडेर घाइते भएका नेत्र खड्काको उपचारका लागि आर्थिक अभाव भएको उनको परिवारले जनाएको छ । लडेर गम्भीर घाइते पचालझरना गाउँपालिका–१ का खड्काको उपचारमा सहयोगका लागि उनकी छोरी सदीक्षाले अपिल गरेकी हुन् ।

 

चार हप्तादेखि काठमाडौंको न्युरो अस्पतालको आइसियुमा बेहोस खड्काको उपचारमा  सातलाख रकम खर्च भएको र चिकित्सकले पुन: शल्यक्रिया गर्नुपर्ने भनेको हुनाले आर्थिक अभाव भएको खड्काले बताइन् । खड्काको उपचारका लागि कालिकोटबाट साथमै आएका भतिज सरोज आर्थिक स्रोत जुटाउन दौडधुप गरिरहेका छन् ।

 

सहयोग गर्न चाहनेले उनको मोबाइल नम्बर ९८४०२५३६५८ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्