कांग्रेसले बनाउन नसकेको संघीय संरचना


काठमाडौं : देश संघीय संरचनामा गएपछि यसको संरचनात्मक ढाँचाकाँचाअनुसार पार्टीको संरचनालाई पनि बदल्नु पर्ने प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस हलचल गर्न सकिरहेको छैन । पार्टी विधानमा संघीयतालाई स्वीकार गरिए पनि तदनुसार पार्टीको संरचनात्मक ढाँचाकाँचाको हेरफेरमा कांग्रेस निकै ढिलासुस्ती र अलमल गरिरहेको छ ।

पार्टी विधानमा संघीयता राखिएपछि पनि विना संघीयताको पार्टी चलिरहेको छ । पार्टीका हिसाबले यसका प्रदेश कमिटी र प्रतिनिधिहरु नै छैनन् । कांग्रेसले पार्टीको केन्द्र र जिल्ला चलाइरहेको छ । यसले पनि उक्त पार्टीभित्र अन्यौलता सिर्जना गरिरहेको छ । त्यसो त सत्ताधारी दल नेकपामा एकताको प्रक्रिया पूरा हुन बाँकी रहेको जस्तै कांग्रेसमा पनि उपसभापति विजयकुमार गच्छेदार समूहसँगको एकता अझैं बाँकी छ ।

एकता पनि बाँकी रहेको र संचनात्मक हिसाबले पनि पुरानै अवस्थामा रहेकाले नेपाली कांग्रेस हाल गतिहीन अवस्थामा छ ।

पार्टीको प्रदेश तथा स्थानीय तह नै बनिनसकेका कारण यसका काम कारवाहीमा चुस्तता आउन नसकेको गुनासो नेपाली कांग्रेसभित्रै छ । हाल केही मात्रामा स्थानीय तहका संरचनाहरु निर्माण छिटपुट रुपमा भए पनि पार्टी विधानअनुसार त्यसलाई अघि बढाइएको छैन ।

सात प्रदेशहरुका बारेमा बेलाबेलामा कुरा उठ्ने गरेको तर निकास ननिकालिएको कांग्रेस केन्द्रीय समितिका सदस्यहरु स्वीकार गर्दछन् । कांग्रेसले गत वर्ष नै महासमिति बैठकपछि पार्टीको विधानलाई संघीय संरचनामा ढालिसकेको हो ।

नेपाली कांग्रेसमा चलिरहेको अन्तरसंघर्षका कारण पनि यसले मूर्तता पाउन नसकिरहेको संस्थापा पक्षको आरोप छ । त्यसै गरी फरक मतका पक्षधरहरुले कांग्रेसी संस्थापन पक्षले नै संघीय संरचनाअनुसारको प्रदेश संरचनाको गठन गर्न नचाहेको बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त

कर्णाली : उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो

काठमाडौं : सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर

काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ । बुधबार बिहान

काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा

१) विहानको चिसोमा मर्निङ वाक नगरौँ हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन् । उनी मंगलबार चार हजार रूपैयाँ धरौटीमा