किशोरीलाई वेश्यावृत्तिमा लगाउने कारागार चलान



काठमाडौ : १४ वर्षीय एक किशोरीलाई जबरजस्ती यौनकार्यमा संलग्न गराएको आरोपमा एक महिला कारागार चलान भएका छन् ।

ती नाबालिकालाई धादिङ गजुरी गाउपालिका अन्तर्गत गजुरी गाउँपालिका वाड न.ं २ घर भई हाल काठमाडौ शंखापुर ६ बस्ने शान्ति लामाले यौनकार्यमा लगाएका कारण उनलाई थुनामा राख्नको लागि कारागार चलान गरिएको साँखु प्रहरीले जनाएको छ ।

साँखु प्रहरीका अनु्सार लामाले विभिन्न व्यक्तिलाई यौनकार्यमा ललाई फकाइ लगाउने गरेका थिए । पछिल्लोटिक लामाले सिन्धुपाल्चोक हेलम्बु गाउपालिका घर भई शन्खरापुर नगरपालिका वडा एरियामा बस्दै आएकी एक १४ वर्षकी एलिना तामाङ (नाम परिबर्तन)लाई मिति २०७६।७।२२ गते यौनकार्यमा लगाएको पुष्टि भएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ती महिलालाई मानव बेचबिखन तथा ओसारपसार अपराध कसुर अन्तर्गत पक्राउ गरी महानगरीय प्रहरी बृत्त गौशाला पठाइएको मा अनुसन्धान पश्चात् पुर्पक्षका लागि कारागार चलान भएको र घटनामा संलग्न अन्यको खोजी कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्