स्वर्ण जितेर इतिहास रच्न सफल सङ्गीताको सङ्घर्ष


भीमदत्तनगर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ । उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलोपटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी थिइन् । अहिले उनको गृहनगर खुशियालीले रमाएको छ ।

जनकपुरमा गत शनिबार सम्पन्न ५५ किलो तौल समूहतर्फ उनले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गर्दै नेपाललाई महिलातर्फको कुस्ती खेलमा स्वर्ण पदक दिलाएकी थिइन् । “धामीको मेहनत, परिश्रम र नियमित प्रशिक्षणले नेपाललाई सफलता हात लागेको हो ।” प्रशिक्षक राजेन्द्र चन्दले भने।

तीन वर्षअघि हटौँडामा भएको राष्ट्रिय खेलकूद प्रतियोगिताबाट उनले कुस्तीमा स्पर्धा थालेकी थिइन् । “तीन वर्षअघि भीमदत्तनगर छेउछाउका स्कूलहरुमा खेलाडी खोज्दै हिँडेका बेला सङ्गीतालाई यहाँको भृकुटीबाट खेलमा ल्याएको हुँ ।” प्रशिक्षक चन्दले भने, “सङ्गीताको स्वर्णले सबैलाई खुशियाली दिलाएको छ ।” यसअघि बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि उनले स्वर्ण पदक हात पारेकी थिइन् ।

उनले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी छिन् । स्नातक तहको अध्ययनलाई अघि बढाउने योजनामा उनी लागेकी छिन् । बाह्रौँ सागदेखि मात्र महिला कुस्तीलाई प्रतियोगितामा समावेश गरिएको थियो । “बाह्रौँ सागमा पनि सुदूरपश्चिमबाट तीन जना महिला खेलाडीले भाग लिएका थिए ।” प्रशिक्षक चन्दले भने, “अहिले यहाँबाट सहभागी अधिकांश महिला खेलाडीले नेपाललाई पदक दिलाएका छन् ।”

त्यसैगरी भीमदत्तनगरका शिवाङ्गी दुबे, अम्बिका भण्डारी र मनिषा सिंह र कोमल खत्रीले पनि पदक प्राप्त गर्न सफल भएका छन् । शिवाङ्गी, अम्बिकाले रजत र मनिषा र कोमलले काष्य पदक हात पारेको प्रशिक्षक चन्दले जानकारी दिए । त्यसैगरी भीमदत्तनगरकी निर्मला जागरीले पनि रजत पदक जितेकी छिन् । पछिल्लो समय सबैभन्दा बढी महिला कुस्ती खेलाडी भीमदत्तनगरबाट साग स्प्रर्धामा पुगेका छन् ।

“महिलातर्फ सात जनामा छ जना भीमदत्तनगरकै खेलाडी पर्न सफल भएका थिए ।” चन्दले भने, “यो ठूलो उपलब्धिको विषय हो ।” त्यसैगरी पुरुषतर्फ कुस्तीको ७० किलोतौल समूहमा कास्य पदक भीमदत्तनगरका सुरेश चुनाराले दिलाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

रसुवा : कोरोना भाइरसको प्रकोप बढेसँगै नेपालबाट चीन छिर्ने महत्वपूर्ण नाकाको रुपमा रहेको रसुवागढी नाका

सुर्खेत : सुुर्खेतको वीरेन्द्रनगरमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । आज

रसुवा : चीनको केरुङबाट अवैध रूपमा काठमाडौ ल्याउदै गरेको साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट

रुपन्देही : तीनवटा ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु

काठमाडौं : चीनमा कम्तीमा ३,००० लाई सङ्क्रमित गरेको कोरोनाभाइरसले अन्यत्र थप ४७ जना सङ्क्रमित भएका

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले सरकारले अब हजारका हजार

इराक : इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीन वटा रकेट प्रहार भएका छन्। एउटा

काठमाडौं : अहिले झ्याप्प झ्याप्प बत्ति जाने गरेको छ । यसरी बत्ती जाने भईरहँदा सेवाग्राहीहरु

धनगढी : जुवाको खालबाट वडाअध्यक्ष सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई धनगढी

काठमाडौं : ‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ..’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भने, “यहीभित्र

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने क्रममा विवादमा तानिएकी गायिका आस्था राउतलाई आज

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने निश्चित जस्तै भएको छ ।